२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओखलढुंगामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु




ओखलढुंगा । ओखलढुंगामा ट्याक्टर दुर्घटनामा हुँदा एक जनाको मृत्यु भएको छ । सोलु करिडोर ३३ केभी–ए–प्रसारण लाईनको तार टाँगेर फर्कदै गरेको ट्याक्टर मानेभज्याङ गाउँपालिका ६ देउरालीमा दुर्घटना हुँदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका चालकको उपचारका क्रममा मृत्यु भएको हो ।

नम्बर नखुलेको ट्याक्टर मंगलबार बिहान दुर्घटना हुँदा चालक भारत पश्चिम बंगालका अन्दाजी २७ वर्षीय सञ्जय बरमनको उपचारका क्रममा ओखलढुंगा सामुदायिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाका प्रहरी निरीक्षक मिलन बस्नेतले बताए ।

सिद्धिचरण राजमार्ग अन्तर्गत मानेभज्याङ गाउँपालिकाबाट थाक्लेतर्फ जाँदै गरेको ट्याक्टर अन्दाजी ३ सय मिटर तल खसेर दुर्घटनाग्रस्त भएको हो । दुर्घटनाको विषयमा थप अनुसन्धान भैरहको र ट्याक्टरको कागजपत्र झिकाउने काम भैरहेको प्रहरी निरिक्षक बस्नेतले जानकारी दिए ।

प्रकाशित मिति : २०७७, ९ असार मंगलबार ००:००  ११ : ३८ बजे