२०८२, ७ चैत्र शनिबार | Sun Mar 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अश्लील बोल्दै कानून व्यवसायीलाई गाली गर्ने दुई जना पक्राउ



काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको राजीनामा माग्दै आन्दोलनरत कानून व्यवसायीहरुलाई बिहीबार नेपाल बार एशोसिएसनको कार्यालयमा पुगेर अश्लील गाली गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले तीर्थ ढकाल र सिताराम श्रेष्ठलाई पक्राउ गरेको हो । ढकाललाई बौद्धबाट र श्रेष्ठलाई मूलपानीबाट गएराति पक्राउ गरिएको काठमाडौं प्रहरी परिसर टेकुका निमित्त प्रमुख एसपी रमेश बस्नेतले जानकारी दिए ।

बस्नेतका अनुसार उनीहरुले कानून व्यवसायीहरुलाई गरेको अभद्र व्यवहारबारे बयान लिने काम जारी छ ।

प्रकाशित मिति : २०७८, ३ मंसिर शुक्रबार ००:००  १२ : ३० बजे