ओखलढुंगा । कांग्रेस नेतृ सविता राईले योग्य नेतालाई नेतृत्व दिनुपर्ने बताइन् । १४ औं महाधिवेशन चलिरहँदा कार्यकर्ता बीच लोकप्रिय नेतृ राईले सुदृढ पार्टी निर्माण गर्दै कार्यकर्ताको भावना बुझेर काम गर्ने नेतालाई नेतृृत्व दिनुपर्ने बताएकी हुन् ।
मानेभञ्ज्याङ गाउँपालिकाकी उपाध्यक्ष समेत रहेकी राई लामो समय देखि नेपाली कांग्रेसको राजनितीमा छिन् । १४ औं महाधिवेशनमा संघीय महाधिवेशन प्रतिनिधिमा खुला तर्फ उनको उमेद्वारी छ । अग्रजको साथसँगै महिला र युवा पुस्ताले रुचाएकाले लोकप्रिय मत ल्याएर आफु सहज रुपमा विजयी हुने विश्वास व्यक्त गर्दै क्षेत्रिय प्रतिनिधिसँग मत मागेकी छन् । ‘अग्रज नेता ज्यूहरुको साथ मिलेको छ । महिला र युवा पुस्ताले पनि रुचाएका कारण लोकप्रिय मत ल्याउँछु भन्नेमा विश्वस्त छु । सबैको साथ सहयोग र भोटको अपेक्षा गरेको छु ।’ उनले भनिन् ‘प्रतिनिधि साथीहरु सबै पढे बुझेको हुनुहुन्छ । यो पार्टीको आन्तरिक चुनाव हो कसैलाई होच्याउने, अरुको टिक्का टिप्पणी गर्ने कुरा छाडौं एक अर्कामा सहकार्य गरेर योग्य नेतालाई नेतृत्व दिऔं ।’ राई तेजेन्द्र खनाल प्यानलबाट उमेद्वार छिन् ।












