२०८३, १२ असार शुक्रबार | Fri Jun 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालमा अन्तराष्ट्रिय स्तरको एम्बुलेन्स सेवा सुरु हुने



नेपालमा अन्तराष्ट्रिय स्तरको एम्बुलेन्स सेवा सुरु हुने भएको छ । सामाजिक क्षेत्रमा काम गर्दै आएको योगदान राष्ट्रको लागि अभियानले अन्तराष्ट्रिय स्तरको सेवा सुविधा सहितको एम्बुलेन्स सेवा सुरु गर्ने भएको हो ।

स्वास्थकर्मीको निगरामीमा प्राथमिक उपचार सेवा समेत एम्बुलेन्समै हुनेगरी अन्तराष्ट्रिय स्तरको एम्बुलेन्स सेवा सुरु गर्ने तयारी गरिएको योगदान राष्ट्रको लागि अभियानका केन्द्रीय अध्यक्ष ओम उप्रेतीले अनलाइन सरोकारलाई जानकारी दिए । योगदान राष्ट्रको लागि अभियानका स्वयंसेवक तथा सदस्य र विद्यार्थीहरुलाई विशेष छुट गरिने उनको भनाई छ ।

पहिलो चरणमा यो सेवा चितवन, मकवानपुर, मोरङ, दोलखा जिल्लाहरुबाट संचालन हुने एम्बुलेन्स  विभाग प्रमुख शिबनाथ यादवले जानकारी दिए । आगामी दिनमा देशका ७७ वटै जिल्लामा एम्बुलेन्स सेवा दिने योगदान राष्ट्रको लागि अभियान को लक्ष्य छ । यस अभियानमा ऐक्यवद्धता गर्न योगदान राष्ट्रले अपिल गरेको छ ।

प्रकाशित मिति : २०७८, ५ मंसिर आइतबार ००:००  १० : ०४ बजे