२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रुकुम घटनाको विरोधमा काठमाडौंमा सिठी जुलुस



काठमाडौं । पश्चिम रुकुमको सोतीमा दलित युवकसहित ६ जना मारिएको घटनाको विरोधमा संयुक्त राजनीतिक दलित संघर्ष समितिले काठमाडौंमा सिठी जुलुस निकालेको छ । अन्तरजातीय विहे गर्न जाँदा केटीका आफन्तको कुटपिटबाट मारिएका नवराज विश्वकर्मा र उनका पाँच साथीको हत्यामा संलग्नलाई कडा सजायको माग गर्दै मंगलबार माइतीघरदेखि नयाँ बानेश्वरसम्म सिठी ¥याली भएको हो । संयुक्त राजनीतिक दलित संघर्ष समितिले गत ११ जेठदेखि नै माइतीघरमा नियमितजसो विरोध तथा प्रदर्शनका कार्यक्रम गरिहेको छ ।

मंगलबार चारदेखि पाँच सयको हाराहारीमा मानिसहरुको उपस्थितिमा प्रदर्शन गरेको प्रदर्शनमा सहभागी साझा पार्टीका केन्द्रिय सदस्य प्रकाशचन्द्र परियारले बताए । आन्दोलनमा मानिसहरुको सहभागिता दिनप्रतिदिन बढ्दो क्रममा रहेको उनको भनाई छ । संघर्ष समितिले सोमबार रुकुम घटनाको विरोधमा चरणबद्ध आन्दोलनको घोषण गरेको थियो ।

बुधबार दिउँसो २ बजे प्रधानमन्त्री कार्यालय घेराउको कार्यक्रम रहेको कांग्रेस निकट नेपाल दलित संघका सचिव दीपक सोनीले जानकारी दिए । आन्दोलनकारीले नवराजको पक्षमा निष्पक्ष छानविन र पीडितलाई न्यायको माग गरिहेका छन् ।

प्रकाशित मिति : २०७७, ९ असार मंगलबार ००:००  १२ : ४७ बजे