२०८१, ८ मंसिर शनिबार | Sat Nov 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स–सानो पुँजिलाई संकलन गरि उत्पादनशिल क्षेत्रमा लगाउने उदेश्यका साथ परिपुर्ण बहुउद्येश्यीय सहकारीको सुभारम्भ



काठमाडौँ । समाजमा अनुत्पादक रुपले छरिएर रहेको स–सानो पुँजिलाई संकलन गरि उत्पादनशिल क्षेत्रमा लगाउने उदेश्यका साथ “म हैन हामि भनौ एक हैन सबै जुटौँ ” भन्ने मुल नारासहित परिपुर्ण बहुउद्येश्यीय सहकारी संस्थाको स्थापना गरिएको छ ।

संस्थामा आबद्ध सदस्यहरुसँग रहेको निष्क्रिय पुँजिलाइ स्वच्छ प्रतिस्पर्धाद्धारा उत्पादनमुलक क्षेत्रमा लगानि गरि सम्पुर्ण सदस्यहरुलाइ आत्मानिभर बनाउनको लागि यो सहकारिको स्थापना भएको हो । सहकारिको मर्म र भावलाइ आत्मासाथ गर्दै सहकारिको मुल्य मान्यता सिद्धान्त नितिनियम तथा परिधिभित्र रहि समाज र समुदायमा एक स्तरिय र प्राथमिक वित्तिय सहकारि संस्थाको रुपमा स्थापित गर्ने यस सहकारिको परिकल्पना रहेको छ ।

उद्घाटन कार्यक्रमको अवसरमा बोल्दै कार्यक्रमका प्रमूख अतिथि भक्तपुर उद्योग वाण्ज्यि संघका अध्यक्ष शिव प्रसाद मानन्धरले आफनो ठाउँमा यस्ता उद्योग सञ्चालन हुनु भनेको सुखद भएको भन्दै खुसि व्यक्त गर्नुभयो । कोरोनाको समयमा पनि बिभिन्न उद्योथ तथा संघसंस्थाको आर्थिक उत्थानका लागि ठुलो सहयोग गरेको जनकारि दिँदै सहकारि लगायत आफ्नो क्षेत्रमा सञ्चालन भएका साना तथा ठुला उद्योगका लागि सकेको सहयागे गर्ने बताउनुभयो ।

यस्तै कार्यक्रममा बोल्दै परिपुर्ण सहकारिका अध्यक्ष आकास थिङ्गले स–सानो पुँजिलाइ संकलन गरि आफुमा भएको श्रम र सिपको अधिकतम प्रयोग गरि उत्पादनशिल क्षेत्रमा लगानि गरि धेरै भन्दा धेरै मानिसलाइ रोजगारि प्रदान गर्ने बताउनुभयो ।

थ्रि एआरएस कम्पनिद्धारा सञ्चालित यस सहकारिको प्रधान कार्यलय भक्तपुरको राधेराधेमा रहेको छ । कार्यक्रममा भक्तपुर उद्योग वाण्ज्यि संघका अध्यक्ष शिव प्रसाद मानन्धर ,संस्थाका अध्यक्ष आकास थिङ्ग, सम्पुर्ण सञ्चालक समितिका पदाधिकारि र कर्मचारिको उपस्थीति रहेको थियो ।

प्रकाशित मिति : २०७८, २६ मंसिर आइतबार ००:००  १० : ३९ बजे