२०८३, २७ बैशाख आइतबार | Sun May 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महोत्तरीमा मोटरसाइकल दुर्घटना, युवकको मृत्यु



महोत्तरी। महोत्तरीको भङ्गहा नगरपालिका– ६ जमुनियाँ गाउँमा मोटरसाइकल दुर्घटनामा परी गए राति एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीयवासी २८ वर्षीय मुबारक अन्सारी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए ।

आफ्नै साथी २५ वर्षीय दिपेश चौधरीले चलाएको ना१७प ७०८२ नं को मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मुबारकको टाउकामा गम्भीर चोट लागेर उपचारका लागि जनकपुरस्थित जानकी हेल्थ केयर अस्पतालमा लगिएकामा गए राति १०ः३० बजे मृत्यु भएको हो । मोटरसाइकल चालक दिपेश चौधरी घटनापश्चात फरार रहेका छन् भने प्रहरीले उनको खोजी गरिरहेको जनाएको छ ।रासस

प्रकाशित मिति : २०७८, २ पुस शुक्रबार ००:००  ४ : ३३ बजे