२०८३, २७ बैशाख आइतबार | Sun May 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

घुस लिइरहेको अवस्थामा वडा सचिव पक्राउ



रुपन्देही । रुपन्देहीको भैरहवामा एक वडा सचिव सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिद्धार्थनगर नगरपालिका–४ का वडा सचिव महोम्मद सिद्दीकीलाई पक्राउ गरेको हो ।

शुक्रबार दिउँसो सेवाग्राहीसँग विवाह दर्ता सहज रुपमा गरिदिने भन्दै ३ हजार घुस लिँदै गर्दा उनलाई कार्यालयबाटै पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

आयोगका अनुसार उनलाई आयोगको बुटवलस्थित कार्यालयबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।

प्रकाशित मिति : २०७८, २ पुस शुक्रबार ००:००  ५ : ०१ बजे