२०८१, २० बैशाख बिहीबार | Thu May 2 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओलीले अम्बिरलाई भने,‘समृद्ध नेपाल, सुखी नेपाली बनाउन तपाइले जस्तै सबैले काम गर्नुपर्छ’



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश १ का पूर्व भौतिक पूर्वाधार विकास मन्त्री अम्बिरबाबु गुरुङले गरेको विकासको कामको प्रशंसा गरेका छन् । ओली निवास बालकोटमा भएको भेटमा अध्यक्ष ओलीले पूर्व मन्त्री गुरुङले दुर्गम पहाडी जिल्लालाई छोटो समयमै पूर्वाधार विकासको क्षेत्रमा करोडौं बजेट भित्राएर अब्बल काम गर्ने जिल्लाको रुपमा परिचित गराएको भन्दै प्रशंसा गरेका हुन् ।

अध्यक्ष ओलीले एमाले सरकारमा हुँदा जिल्ला जिल्लामा विकासको लहर ल्याएको स्मरण गर्दै फेरि पनि जनताले विकासका लागि एमाले खोजिरहेको बताए । एमालेका नेताहरुले आ–आफ्नो निर्वाचन क्षेत्रमा खेलेको भूमिकाले फेरि पनि एमालेकै पक्षमा जनता उभिने बताए । ‘म देशभरको सूचना राख्छु । अम्बिरबाबु गुरुङले एउटा सांसद हुँदा छोटो समयमा विकासमा पछि परेको ओखलढुंगालाई समृद्ध बनाउने खेलेको भूमिका प्रशंसा योग्य छ । झन मन्त्री हुँदा प्रदेशमा गरेका कामहरुले समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य पहिल्याएको छ । सबैले यत्तिकै काम गर्नुपर्छ ।’ ओलीले आगामी दिनमा थप सकृय हुन हौसला दिँदै भने, ‘एमाले जनताको पार्टी हो । जनपक्षीय काम गर्ने नेताहरु स्थापित छन् । जो जनताको हितमा काम गर्छ । पार्टीको पक्षमा अनवरत रहन्छ उसैलाई मेरो साथ हुन्छ ।’ अध्यक्ष ओलीले एमाले नेतृत्वमा सुरु भएका योजनालाई वर्तमान सरकारले निरन्तरता नदिएपनि एमालेका नेता कार्यकर्ताले ति योजना प्रभावित हुनबाट बचाउनु पर्ने बताए ।

भेटका क्रममा पूर्वमन्त्री गुरुङले जिल्लाको विकास र जनताको पक्षमा निश्वार्थ काम गरिरहेको बताउँदै जनचाहनाभन्दा बढी काम गर्ने बताए । ‘सुखी नेपाली समृद्ध नेपालको जुन लक्ष्य छ त्यो अनुसार सुखी ओखलढुगे, समृद्ध ओखलढुंगा बनाउन लागेको छु । धेरै कामहरु सुरु भइसकेका छन् बाँकी कामहरुलाई निरन्तर पुरा गर्दैछु ।’ गुरुङले भने, ‘कुनै व्यक्तिगत स्वार्थ छैन, पार्टी, संगठन बचाएर नेता कार्यकर्ताको व्यवस्थापन गर्दै विकासका काममा पार्टी भन्दा माथी जनता र जिल्ला राखेर काम गरिरहेको छु ।’ पार्टीको प्रदेश कमिटी सदस्य समेत रहेका पूर्वमन्त्री गुरुङले ओखलढुंगामा एमाले एकताबद्ध रहेको रिपोर्टीङ गर्दै ओखलढुंगा जिल्ला एमालेको लालकिल्लाका रुपमा रहने बताएका छन् ।

प्रदेश १ का पूर्व मुख्यमन्त्री शेरधर राईसहित पूर्व मन्त्री अम्बिरबाबु गुरुङ, एमाले ओखलढुंगा अध्यक्ष शंकर कट्वाल, एमाले नेता नानीबाबु बुढाथोकी लगायत नेताहरुले जिल्लामा पार्टीको पछिल्लो अवस्थाको बारेमा जानकारी दिँदै आगामी योजना समेत पेश गरेका छन् ।

प्रकाशित मिति : २०७८, ६ माघ बिहीबार ००:००  २ : १५ बजे