काठमाडाैं । धनकुटाको महालक्ष्मी नगरपालिकामा औद्योगिक ग्राम सञ्चालन गर्न नगरपालिका र उद्योग मन्त्रालय बीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । आईतबार महालक्ष्मीका मेयर पर्शुराम नेपालले उद्योग मन्त्रालय पुगेर सम्झौता गरेका हुन् ।
स्थानीय उत्पादनको प्रवद्र्धन गर्दै नगरवासीलाई स्वरोेजगार बनाउने अवधारणा अनुरुप वडा नम्बर १ को कटहरेमा औद्योगिक ग्राम स्थापना गर्न मन्त्रालयसँग दोहोरो सम्झौता गरिएको नगरप्रमुख नेपालले बताए । महालक्ष्मी र आसपासका क्षेत्रमा हरेक व्यक्तिलाई उत्पादनसँग जोड्ने लक्ष्य अनुरुप औद्योगिक ग्राम स्थापनाको प्रकृया अघि बढाइएको उनको भनाई छ । ‘हामी निर्वाचित भएपछि नगरभित्र पूर्वाधार विकासका धेरै कामहरु भए । सामाजिक विकास र आर्थिक समुन्नतको पाटोमा पनि उल्लेख्य कामहरु भएका छन् । अब नागरिकलाई उत्पादन सँग जोड्न औद्योग्रिक ग्राम स्थापनाका लागि पहल गरेका हौं । सम्झौता गरियो अब काम अघि बढ्छ ।’ नेपालले भने, ‘कृषिका क्षेत्रमा विषेशगरी स्रोतले भ्याएसम्म आर्थिक तथा प्राविधिक सहयोग, मल बीउ लगायतका सेवा दिँदै आएका थियौं । अब औद्योगिक ग्राम नै स्थापना हुने भएपछि चौतर्फी विकासका कामहरु हुन्छन् ।’ औद्योगिक ग्रामका लागि गरिने पूर्वाधार विकासले नगरको समृद्धिमा टेवा पुग्ने उनको भनाई छ ।
उद्योग मन्त्रालयले महालक्ष्मी नगरपालिकालाई यस आर्थिक वर्षमा औद्योगिक ग्राम स्थापनाका लागि ९२ लाख रकम उपलब्ध गराउने भएको छ ।
यस्ताे छ सम्झाैता