२०८१, ८ बैशाख शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मन्थली नगरपालिकाले गर्याे ६५ किलोमिटर सडक कालोपत्रे



रामेछापको मन्थली नगरपालिकामा ६५ किलोमिटर सडक कालोपत्रे भएको छ । मन्थली नगरपालिकाभित्र सङ्घ, प्रदेश र नगरपालिकासमेतको लगानीमा ६४.९७६ किलोमिटर सडक कालोपत्रे गरिएको हाे ।

१४ वटा वडा रहेको नगरपालिकामा स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि आएपछि सडक पूर्वाधार विकासको कामले गति लिएको हो । मन्थली नगरपालिकाभित्र ३५.९४३ किलोमिटर सडक ग्राभेल तथा सोलिङ गरिएको नगरप्रमुख रमेशकुमार बस्नेतले बताए । उनका अनुसार देवीटार–मन्थली–खुर्कोट करिब २० किलोमिटर सडक कालोपत्रेबाहेक अरू सडक जनप्रतिनिधि निर्वाचित भएर आएपछि कालोपत्रे भएको हो । स्थानीय सरकारकै पहलमा संघ र प्रदेशबाट समेत बजेट ल्याएर काम गरिएकाे उनकाे भनाइ छ ।

नगरप्रमुख बस्नेतले आफूहरू निर्वाचित भएर आएको पाँच वर्षको अवधिमा विभिन्न चुनौतीका बीच धेरै काम भएको भन्दै सार्वजनिक सेवा प्रवाहदेखि भौतिक पूर्वाधार विकाससम्मका काममा धेरै उपलब्धि हासिल भएको दावी गरेका छन् ।

नगरभित्रका मुख्य सडकमध्ये मन्थली–सुनारपानी–सालु, भुत्याखोला–टेकानपुर–कठजोर–ठाँटी, चिसापानी–गेलु–सिक्राल, चिसापानी–पुरानागाउँ, चिसापानी–चनखु, देवीटार–फुलासी, आकाशेपुल–भटौली, मन्थली–भलुवाजोर र मन्थली–सानीमदौ–राहालटार–सालु सडक कालोपत्रे गर्ने कार्य सुरु भई क्रमागत योजनामा परेको छ ।

मन्थलीकाे विकास भिडियाेमा हेर्नुहाेस्

प्रकाशित मिति : २०७८, १८ माघ मंगलबार ००:००  १० : ०७ बजे