२०८१, ८ मंसिर शनिबार | Sat Nov 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देशभर निःशुल्क सिटामोल बाँड्दै डा. हुसेन



काठमाडौं । नेपाली कांग्रेसका नेता एवं औषधि व्यवसायी अबुल हुसेन अन्सारीले देशभर निःशुल्क सिटामोल बाँड्ने भएका छन् । कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै देशभर सिटामोल लगायतका औषधिको अभाव सिर्जना भएपछि डा. हुसेनले औषधि अभाव हुन नदिन निःशुल्क सिटामोल वितरण सुरु गरेका हुन् ।

केहि दिन अघि बिजुलीबजारस्थित औषधि व्यवस्था विभागको गेटमा आम सर्वसाधारणलाई निशुल्क सिटामोल औषधि र मास्क वितरण गरेरका डा. हुसेन सिटमोल समेत नपाएर कोही कसैले रोगको सिकार बन्न नपरोस् भनेर यो अभियान थालेको बताउँछन् । आयान हेल्थकेयरका सञ्चालक समेत रहेका उनले देशमा सिटामोलको अभाव भएका बेला सामाजिक उत्तरदायित्व अन्तरगत आफूले औषधि र मास्क वितरण गरेको बताए । ‘हामीले यहाँ सात दिनसम्म निशुल्क औषधि तथा मास्क वितरण गर्ने योजना बनाएका छौँ । त्यसबेलासम्म पनि सिटामोल अभावको अवस्था सुल्झिएन भने ७७ वटै जिल्लामा हामीले यो अभियान सञ्चालन गर्नेछौँ ।

महामारीको बेलामा सर्वसाधारणलाई साधारण औषधिको चिन्ता नहोस भनेर यस्तो गरेका हौँ,’ उनले अनलाइन सरोकारसँग भने, ‘अहिले ४० लाख सिटामोल बाँड्ने लक्ष्य हो । यदि पुगेन भने जति आवश्यक पर्छ त्यतिनै व्यवस्था गर्न म तयार छु ।’ औषधि वितरण गर्ने स्थानमा स्वास्थ्यकर्मीहरु समेत राखिएको छ । उनीहरुले औषधि वितरण गर्दा आम सर्वसाधारणको उच्च रक्तचाप समेत जाँच गरेका छन् । जिल्ला जिल्लामा भने विभिन्न संयन्त्र प्रयोग गरेर औषधि वितरण गर्न थालिएको छ ।

कोरोना संक्रमणको तेस्रो लहरसङै उपभोक्ताहरू पारासिटामोलको बजार अभाव खेपिरहेका छन् । मनकारी डा. अबुल हुसेनले अहिलेसम्म ८० हजार पारासिटामोल वितरण गरिसकेका छन् । राजधानीका विभिन्न स्थानमा औषधि वितरण कक्ष तयार गरिएको छ । डा. अबुलले आयान हेल्थ केयर मार्फत बंगलादेश तथा भारतबाट विभिन्न प्रकारका जीवन अपयोग औषधि अयातगरी नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ । उनका अनुसार बंगलादेशबाट सैयौ प्रकारका आयात हुने औषधि मध्ये उनले १०–१५ किसिमका औषधि तथा आवश्यक हुदां भ्याक्सिन समेत आयात गर्दछन् । कोरोनाको दोस्रो लहरमा आयान हेल्थ केयर मार्फत सरकारी मूल्यमा रेम्डेसीभीर उपलब्ध गराउन सफल भएको थियो ।

औषधि अयातमा व्यवसायीले सम्पूर्ण कर दायित्व निर्वाह गर्दछन् । त्यसरी नै सरकाले समेत समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने डा. हुसैन बताउँछन् ।

प्रकाशित मिति : २०७८, २१ माघ शुक्रबार ००:००  २ : ४२ बजे