२०८२, ६ पुस आइतबार | Mon Dec 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पूर्वाधार विकासले समृद्ध बन्दै इटहरी : एकैदिन २ वटा पुल उद्घाटन



इटहरी । पूर्वाधार विकासले इटहरी उपमहानगरपालिका समृद्ध बन्दै गएको छ । द्धारिकलाल चौधरी नेतृत्वको स्थानीय सरकारको सकृयतामा इटहरी उपमहानगरपालिकाको विकासले छोटो समयमै गति लिएको हो ।

पूर्वको सुन्दर सहरको रुपमा इटहरीलाई विकास गर्न लागि परेका उपमहानगर प्रमुख चौधरीले पूर्वाधार विकासलाई कार्यकालको सुरुवात देखि नै प्राथमिकता दिएका थिए । आफुले ५ वर्ष भित्र सम्पन्न गरेका योजना उद्घाटन गर्नमा चौधरी व्यस्त छन् ।

उपमहानगरका सबै भित्रीबाटाहरु समेत पिच गरिएको छ । सडक सञ्जालले पुगेका खोला तथा नहरहरुमा आवश्यकता अनुसार पुल निर्माण गरिएको छ ।

यसैक्रममा इटहरी चोकमा ट्राफिक चाप बढिरहेको बेला राजमार्गबाट वाइपास गर्नमिल्ने तीन वटा पूल निर्माण गरिएको छ । ती मध्ये दुइवटा पूलको पूर्वमुख्यमन्त्री भीम आर्चायबाट उदघाटन गरिएको छ ।

इटहरी वडा नम्वर ५ र १७ को सिमानामा रहेको सुकुमारी खोलापुल र वडा नम्वर ४ स्थित टेंग्राखोला पूल उदघाटन गरिएको हो ।

वडा नम्वर ४ स्थित टेंग्राखोला पुलबाट सवारी साधन चोक नपुगि धरानतर्फ जान र सुकुमारी खोलापुल हुदै पश्चिम जान वाइपास हुन सक्ने पुल बनाईएको हो ।

पुल उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै पूर्वमुख्यमन्त्री भीम आर्चायले इटहरीमा भइरहेको विकास निर्माणका कार्यको प्रशंसा गरेका छन् । उनले विकास सबै दलको एजेण्डा भएकाले विकासमा राजनीति गर्न नहुने बताए । निर्वाचनका बेला प्रतिष्पर्धा भएपनि निर्माणका वेला एकता हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा इटहरी उपमहानगरपालिकाका प्रमुख द्धारिकलाल चौधरीले इटहरीले भौतिक पूर्वाधार निर्माणमा फडको मारेको दावी गरेका छन् । उनले ४२ किलोमिटर वाहिरी चक्रपथ निर्माणका लागि उपमहानगरले वयापक पहल गरेको बताउँदै बाहिरी चक्रपथ तत्काल आरम्भ गर्न संघ र प्रदेश सरकारको ध्यानाकर्षण गराउन पूर्वमुख्यमन्त्री आर्चायलाई आग्रह गरेका छन् ।

उपप्रमुख लक्ष्मी गौतमले इटहरी उपमहानगरपालिकाले गत आर्थिक वर्ष भित्रमा ७० वटा पुलकल्भर्ट बनाइसकेको जानकारी दिइन् ।

जनप्रतिनिधिको नेतृत्व पाएपछि इहटरी क्षेत्र पूर्वकै सुन्दर सहरका रुपमा विकास भएको छ । विगतमा अनेकौं अभाव र समस्या खेपेका यहाँका नागरिक छोटो समयमै भएको विकास र रुपान्तरणले खुसी भएका छन् ।  

प्रकाशित मिति : २०७८, १६ फाल्गुन सोमबार ००:००  ९ : २२ बजे