२०८३, २ बैशाख बुधबार | Wed Apr 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मतदाता नामावलीमा दाबी–विरोध सुरु



काठमाडौं । निर्वाचन आयोग आगामी ३० वैशाखमा तय भएको स्थानीय तहको निर्वाचनमा होमिएको छ । जसअन्तर्गत आजदेखि मतदाता नामावलीमा दाबी–विरोध सुरु भएको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार २६ फागुनसम्म मतदाता नामावलीमा रहेको त्रुटि सच्याउन निवेदन दिने, कसैले झुटो विवरण दिइ नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिने, कुनै मतदाताको नाम एकभन्दा बढी स्थानमा समावेश भएकोमा एक स्थानमा मात्र कायम गर्न निवेदन दिन पाइनेछ ।

यो अवधिमा मृत्यु भएका वा नागरिकता त्यागेका मतदाताको नाम मतदाता नामावलीबाट हटाउन सूचना दिने, उजुरी परेको मतदातालाई प्रमाणसहित सफाइको मौका दिइने उनले जनाए ।

७७ वटै जिल्लास्थित निर्वाचन कार्यालयमा दाबी–विरोधका लागि निवेदन दिन सकिने र सोही आधारमा आयोगले छानबिन गरेर मतदाताको अन्तिम नामावली प्रकाशन गर्नेछ ।

प्रकाशित मिति : २०७८, २० फाल्गुन शुक्रबार ००:००  २ : ५१ बजे