२०८२, ३ पुस बिहीबार | Thu Dec 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ईन्जिनियर्स एशोसियसनको चुनाव जित्ने बृहत राष्ट्रिय प्रगतिशील गठबन्धन दावी



काठमाडाैं । ईन्जिनियर्स एशोसिएसनको चुनाव जित्ने बृहत राष्ट्रिय प्रगतिशील गठबन्धनले दावी गरेको छ । एमाले र लोसपा निकट ईन्जिनियरहरु बृहत राष्ट्रिय प्रगतिशील गठबन्धन बनाएर चुनावी मैदानमा छन् । अन्य संगठनका उमेद्वारहरु कमजोर रहेको र आपसमा विवाद रहेकाले देशभरबाट लोकप्रिय मत ल्याएर विजयी हुने बृहत राष्ट्रिय प्रगतिशील गठबन्धनका उमेद्वारहरुले दावी गरेका हुन् ।

फाल्गुण २७ गते हुने एशोसिएसनको ३३ औं केन्द्रीय कार्यकारिणी समितिको निर्वाचनमा ईन्जिनियर डा. सुरज लामिछानेको नेतृत्वमा बृहत् राष्ट्रिय प्रगतिशिल गठबन्धनका उमेद्वार चुनावी मैदानमा छन् । 

नेपाल ईन्जिनियर्स एशोसियसनको केन्द्रीय कार्यकारिणी समिति र प्रादेशीक समितिका निर्वाचनका लागि देशभर गठबन्धका प्रतिनिधिले सरगर्मी बढाएको केन्द्रीय सदस्यका उमेद्वार  ई. मनोज लुइँटेलले बताए । देशभरका ईन्जिनियरको रोजाईमा बृहत राष्ट्रिय गठबन्धनका सबै योग्य र सक्षम उमेद्वारहरु पर्ने उनको भनाई छ ।

एशोसिएसनलाई ईन्जिनियरहरुको हकहितका लागि सशक्त र संरक्षक संस्था बनाउने, श्रम ऐनको अनिवार्य कार्यान्वय, गर्दै सम्पूर्ण इन्जिनियरहरुको नयाँ  श्रम ऐन अनुसार न्यूनमत पारिश्रमिक एवं सेवा सुविधा प्रत्याभूत गर्नका लागि विशेष पहल गर्ने, अनलाईन निर्वाचन प्रणालीको सुनिश्चितता गर्ने, ईन्जिनियर भवन निर्माण अभियान चलाउने, सामुहिक बीमा कार्यक्रम सञ्चालन गर्ने, प्रदेश र स्थानीय तहमा अलग–अलग विकास प्रशासनको नीति ल्याउने, देशभर विकास निर्माण एवं नीतिगत बहस कार्यक्रम गर्ने, विद्युत ऊर्जा खपत बढाउने, पेट्रोलियम पदार्थको परनिर्भरता घटाउने, समृद्ध नेपाल आजको आवश्यकता, राजनीतिक नेतृत्वमा ईन्जिनियरहरुको सकृय सहभागिता भन्ने मुल ध्ययेका साथ समृद्धिका अभियान चलाउने, कोभिड विरुद्धको निरन्तरको शिक्षा, हरेक ईन्जिनियरहरुको जीवनको सुरक्षा, बचत गरौं, लगानी गरौं र समृद्धिको सम्बाहक बनौं जस्ता लोकप्रिय प्रतिवद्धता गठबन्धनले अघि सारेको छ ।

ईन्जिनियर कृषि अभियान र ग्रामिण हरित शहर निर्माण अभियानको प्रतिवद्धता अघि पारेको गठबन्धनले डिजिटल नेपाल निर्माण अभियान चलाउने उद्घोष गरेको छ ।

ईन्जिनियरहरुको आव्हान, समृद्ध नेपाल सुखी नेपाली निर्माणको योगदान भन्ने अर्को दिर्घकालिन महत्वको योजना लगायतका प्रतिवद्धता घोषणा पत्रमा उल्लेख छन् ।

देशभरका २१ हजार ६ सय ८१ ईन्जिनियरहरुले चुनावमा मतदान गदैछन् ।

६० हजार भन्दा बढी काउन्सिलमा दर्ता संख्या रहेपनि एशोसिएसनमा ३६ हजार मात्रै ईन्जिनियर आवद्ध छन् । त्यसमा पनि २२ हजार जनाले मात्रै सदस्यता नविकरण गरेका छन् ।

प्रकाशित मिति : २०७८, २४ फाल्गुन मंगलबार ००:००  ६ : ३४ बजे