२०८३, १ आश्विन बिहिबार | Thu Sep 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमाले श्रीचौरले भन्यो ‘प्रेम तामाङ पार्टीले कारबाही गर्ने भएपछि कांग्रेस प्रवेश गरेका हुन्’



नेकपा एमाले ओखलढुंगाका सल्लाहकार सदस्य प्रेम तामाङ शनिवार नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । लामो समयमा एमालेमा राजनीतिक रुपमा सकृय तामाङ एमाले छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।

उनको एमाले त्याग र कांग्रेस प्रवेशका विषयमा विभिन्न टिप्पणीहरु भईरहेका छन् । अघिल्लो स्थानीय तहको निर्वाचनका समय देखिनै पार्टीभित्र असन्तुष्टि राख्दै आएका उनी आगामी स्थानीय निर्वाचनमा वडाअध्यक्षको टिकट दावी गर्दै कांग्रेस प्रवेश गरेको चर्चा छ ।

नेकपा एमाले मोलुङ गाउँपालिका वडा नं. ६ को वडा कमिटिले भने आईतबार विज्ञप्ती निकालेर एमालेमा अनुशासनको कारबाही सुरु गरेका नेताहरु अन्य पार्टीमा लागेको बताएको छ । वडा कमिटी अध्यक्ष कालसिंङ तामाङद्धारा हस्ताक्षरित विज्ञप्तीमा पार्टीको हित विपरितका गतिविधि गरेका कारण कारबाहीको सिफारीस गरिएका नेताहरु अन्य पार्टीमा लाग्नु स्वभाविक भएको जनाइएको छ ।

२०७८ चैत्र ४ गतेको वडा कमिटीको बैठकले पार्टी हित विपरित क्रियाकलाप गरेको भन्दै वडा कमिटी सचिव सुरेश कट्वाललाई साधारण सदस्य समेत नरहने गरि निष्कासन गर्ने र सल्लाहकार सदस्य प्रेम तामाङलाई कारबाहीका लागि जिल्ला कमिटीलाई सिफारीस गर्ने निर्णय गरेको थियो ।

हेर्नुहोस् विज्ञप्ती 

प्रकाशित मिति : २०७८, ६ चैत्र आइतबार ००:००  ६ : ३० बजे