२०८२, ३ पुस बिहीबार | Thu Dec 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खिजीदेम्बा अध्यक्षमा एमालेबाट कमल, राम र चित्रकाे दावी



ओखलढुंगा । ओखलढुंगाको खिजीदेम्बा गाउँपालिका अध्यक्षमा नेकपा एमालेबाट ३ जनाले आकांक्षा देखाएका छन् । एमाले जिल्ला कमिटी सचिव, खिजीदेम्बा गाउँपालिका संसदिय दलका नेता तथा ४ नंम्बर वडाका अध्यक्ष समेत रहेका कमलप्रसाद न्यौपाने, प्रदेश कमिटी सदस्य रामबहादुर खत्री र सल्लाहकार परिषद् सदस्य चित्र पौडेलले दावी गरेका हुन् ।

गाउँपालिका कमिटीले आकांक्षी तीनै जनाको नाम जिल्ला कमिटीमा सिफारीस गरेको छ ।

जिल्ला कमिटीले प्रस्तावित नाममा छलफल गरेर उमेद्वार छान्ने यदि सहमति नभए प्रदेश कमिटीमा नाम सिफारी गर्ने जनाईएको छ ।

एमालेबाट उपाध्यक्षमा कमला सुनुवार र पसी शेर्पाको चर्चा छ ।

वडातहमा समेत उमेद्वार सर्वसम्मत सिफारीस गर्नेक्रम जारी रहेको नेकपा एमाले खिजीदेम्बाले जनाएको छ ।

९ वटा वडा रहेको खिजीदेम्बामा २०७४ को निर्वाचनमा एमालेले ४ वटा वडामा मात्रै विजयी प्राप्त गरेको थियो ।

अध्यक्ष,उपाध्यक्ष र ५ वटा वडा सहित बहुमत सिटमा नेपाली कांग्रेसले जितेको थियो ।

प्रकाशित मिति : २०७८, २९ चैत्र मंगलबार ००:००  ११ : ४७ बजे