२०८१, ८ मंसिर शनिबार | Sat Nov 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तीनछाँगे झरनामा टिकटक बनाउनेले नगद पुरस्कार पाउने



ओखलढुंगा । ओखलढुंगाको तीनछाँगे झरनाको प्रर्वद्धन गर्न उत्कृष्ट लेख रचना तयार गर्ने र टिकटक बनाउनेलाई नगद पुरस्कार दिइने भएको छ । सुनकोशी ९ को समृद्धि र विकासका लागि ओखलढुंगा जिल्लाको चर्चित एवम् रमणीय तीनछाँगे झरनामा पर्यटन प्रवद्र्धन गर्न तीनछाँगेको विषयमा लेख, रचना, गित, कविता तथा सामाजिक सञ्जाल मार्फत फोटो, भिडियो र टिकटक बनाउने उत्कृष्ट ३ जनालाई नगद सहित पुरस्कृत गरिने भएको हो ।

वडा कार्यालयको सहयोगमा तीनछाँगे झरना प्रवद्र्धन समितिले तीनछाँगेको प्रचारप्रसारका लागि बृहत सांगितिक कार्यक्रम सहितको तयारी गरिएको प्रवद्र्धन समितिका अध्यक्ष नरबहादुर सुनुवारले बताए । तीनछाँगेको इतिहास, वर्तमान अवस्था र मनोरम वातावरणमा रम्नुका फाइदाका विषयमा प्रचारसामाग्री समेत तयार पार्न सकिने उनको भनाई छ । तीनछाँगेको विषयमा जुनसुकै ठाउँमा बसेर पनि सामाग्री तयारपारी प्रचारप्रसार गर्न सकिने जनाईएको छ ।

नयाँवर्ष २०७९ को पहिलो दिन बैशाख १ गते हुने कार्यक्रममा स्थानीयको जातिय पहिचान झल्काउने झाँकी, ककनीको अर्गानिक स्वाद सहित कोइँच खाजाघरका स्वादिष्ट परिकारहरु, राष्ट्रिय फुल लाली गुराँस र तीनछाँगे झरनासँग रमाउन सकिने आयोजकले जनाएको छ ।

सुनकोशी ९ मा वडाअध्यक्ष झनककुमार कार्कीले त्यस क्षेत्रको पर्यटन प्रवद्र्धनको अभियान चलाएका छन् । सुनकोशी ९ को समृद्धि र विकासका लागि स्थानीय पर्यटकीय क्षेत्रको पूर्वाधार विकास र प्रचारप्रसारमा अध्यक्ष कार्कीले जोड दिएका छन् ।

पुरानो किंवदन्ती बोकेको धार्मीक तथा प्राकृतिक रमणीय स्थल तीनछाँगे विगतमा ओझेलमा थियो । त्यहाँसम्म पुग्ने बाटो समेत थिएन ।

अहिले जनप्रतिनिधिकै पहलमा तीनछाँगे सम्म पुग्ने सहजबाटो र झरना अवलोकनका लागि पदमार्ग, काठे पुललगायतका पूर्वाधार निर्माण गरिएको छ ।

पूर्वाधार विकास र प्रचारप्रसार गरिएसँगै तीनछाँगेमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बढेको छ ।

https://www.youtube.com/watch?v=kAZd2Qf-_cQ&t=195s

प्रकाशित मिति : २०७८, २९ चैत्र मंगलबार ००:००  १ : ३२ बजे