ओखलढुंगा । ओखलढुंगाको मोलुङ गाउँपालिका अध्यक्षमा एकीकृत समाजवादीबाट दीपक फुयाल उमेद्वार बन्ने भएका छन् । नेकपा एकीकृत समाजवादीको जिल्ला कमिटी बैठकले सत्तारुढ गठबन्धनबीचमा सहमति नभए मोलुङमा दीपक फुयाललाई उमेद्वार बनाउने निर्णय गरेको हो ।
पार्टीका उपसचिव एवं प्रचार विभाग प्रमुख समेत रहेका फुयालले आफुहरु गठबन्धनको पक्षमा रहेको अन्यथा पार्टीका तर्फबाट मोलुङ गाउँपालिका अध्यक्षको उमेद्वारमा आफुले तयारी गरेको भिजनसँग बताए ।
२०६० सालमा सरस्वती मावि कुन्तादेवीमा अखिलको प्रारम्भिक कमिटी अध्यक्ष बनेर राजनितीक यात्रा सुरु गरेका फुयाल २०६३ सालमा अखिलको जिल्ला कमिटी सदस्यहुँदै २०६५ सालमा बशहिद आदर्श क्याम्पस रामपुरकाे स्ववियू सचिव निर्वाचित भएका थिए ।
२०६६ चैत्र २६ गते अनेरास्ववियु जिल्ला संयोजक निर्वाचित भएका उनी लगातार ३ कार्यकाल जिल्ला नेतृत्वमा थिए ।
२०७१ सालमा अनेरास्ववियुको केन्द्रीय सदस्यमा निर्वाचित उनी नेकपा भित्रको विवाद पछि समानान्तर गतिविधिमा सकृय भए । उक्त समयमा अनेरास्ववियुको केन्द्रीय कमिटी सचिव बनेका उनी अहिले नेकपा एकीकृत समाजवादी पार्टी निटक विद्यार्थी संगठनको उपमहासचिव छन् ।
युवा पुस्तामा प्रखर वत्ता मानिने फुयाल जिल्ला पार्टीको उपसचिव र प्रचार विभाग प्रमुखको भूमिकामा छन् ।












