२०८२, २६ माघ आइतबार | Sun Feb 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओखलढुंगामा रित्तिँदै माओवादी, २ पालिका अध्यक्ष एमालेमा प्रवेश



ओखलढुंगा । नेकपा माओवादी केन्द्र सुनकोशी गाउँपालिकाका अध्यक्ष छवि धमला एमालेमा प्रवेश गरेका छन् । माओवादी केन्द्रका प्रभावशाली युवा नेता धमला मंगलबार एमालेमा प्रवेश गरेका हुन् ।

माओवादी पार्टी सिद्वान्त विपरित कम्युनिष्ट आन्दोलन र मुलुकको समृध्दिमा बाधक बनेर कांग्रेको बैशाखी टेक्न पुगेकाले आफुले पार्टी परित्याग गरेको धमलाले बताए । देश र जनताको हितमा एमालेमा रहेर योगदान गर्ने बताए । ओखलढुंगामा एमालेले जितेपछि भएको विकास र परिवर्तनको चर्चा गर्दै माओवादीमा रहनेहरु ढिलो-चाँडो एमालेमा आउने बताए ।

धमला सहित ४७ जना आज पार्टी प्रवेश गरेको एमाले सुनकोशीका सचिव गिर्व थापा मगरले जानकारी दिए ।

कटुञ्जेमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई एमाले नेताहरु बालकृष्ण ढुंगेल, यज्ञराज सुनुवार, अम्बिरबाबु गुरुङ, किशोर अधिकारी, मोहन श्रेष्ठ लगायतले सम्बोधन गरेका थिए ।

यसअघि माओवादीका चम्पादेवी अध्यक्ष खड्ग कार्की एमाले प्रवेश गरिसकेका छन् ।

प्रकाशित मिति : २०७८, २९ चैत्र मंगलबार ००:००  ८ : २२ बजे