२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालमा बुधबार थप ६२९ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं । नेपालमा बुधबार थप ६२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा उक्त संख्यामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले ११० जना महिला र ५१९ जना पुरुषमा संक्रमण पुष्टि भएको जानकारी दिए । योसँगै संक्रमितको संख्या १० हजार ७२८ पुगेको छ ।

यसैगरी बितेको २४ घण्टामा ११४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या २ हजार ३३८ पुगेको छ । बुधबारसम्म पीसीआर विधिबाट ६ हजार ८ सय २८ र आरडिटी विधिबाट १२ हजार १ सय १२ जनाको कोरोना परीक्षण गरीएको छ । अहिले सम्म पीसीआर परीक्षणको संख्या १ लाख ९३ हजार १ सय ९४ पुगेको छ । आरडिटी विधिबाट २ लाख ८३ हजार ६ सय ९६ जनाको परीक्षण भएको छ ।

अहिले देशका विभिन्न अस्पतालमा ८ हजार ३ सय ६६ जना उपचाररत रहेका छन् । क्वारेन्टिनमा ७८ हजार ६ सय ३९ जना रहेका छन् । अहिलेसम्म कोरोनाबाट २४ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २०७७, १० असार बुधबार ००:००  १० : ४८ बजे