२०८२, ३ पुस बिहीबार | Thu Dec 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुनकोशीमा गोविन्द तामाङ र विष्णु मगर वडाअध्यक्षमा दोहोरिँदै, फेरि जित्लान् त चुनाव ?



ओखलढुंगा । सुनकोशी गाउँपालिकाका दुई वडाअध्यक्षले फेरि सोही पदमा उमेद्वारी दिने तयारी गरेका छन् । साविकको मूलखर्क गाविसमा पर्ने हालको वडानम्बर ५ का वर्तमान वडाअध्यक्ष गोविन्दराम तामाङ र वडानम्बर ६ का अध्यक्ष विष्णु मगरले दोस्रो कार्यकालका लागि  वडाअध्यक्षमा उमेद्वारी दिने भएका हुन् ।

तामाङ नेकपा एमाले र मगर नेपाली कांग्रेसका नेता हुन् । दुवै वडाअध्यक्षको नाम आ–आफ्नो पार्टीले सर्वसम्मत सिफारीस गरिसकेको छ ।

२०७४ को स्थानीय निर्वाचनमा गोविन्द तामाङले मूलखर्कमा कांग्रेसलाई भारी मतान्तरले हराएर चुनाव जितेका थिए । पारामा विष्णु मगरले एमालेलाई झण्डै दोब्बर मतान्तरले पराजित गर्दै विजयी भएका थिए ।

वडाअध्यक्ष पदमा पहिलो कार्यकाल जनपक्षीय काम गरेर स्वच्छ छवि स्थापित गरेका कारण पार्टीले पुनः एक पटक सर्वसम्मत नाम सिफारिस गरेर उमेद्वार बनाएको र जनताले पनि आफ्नो कामको मुल्याङ्कन गरेर विजयी गराउने सुनकोशी ५ का वडाअध्यक्ष तामाङले बताए ।

जिल्लाका अधिकांश वर्तमान वडाअध्यक्ष फेरि वडामै चुनाव लड्ने तयारीमा छन् ।

वर्तमान वडाअध्यक्षहरु साेही पदमा उमेद्वार हुँदा सहजै जित्छन् वा पराजित हुन्छन् त्याे भने मतपरिणामले देखाउने छ ।

प्रकाशित मिति : २०७९, ३ बैशाख शनिबार ००:००  १ : ०६ बजे