२०८२, ३ पुस बिहीबार | Thu Dec 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

संयुक्त राजीनामा दिँदै कीर्तिपुरका जनप्रतिनिधि



काठमाडाैं । कीर्तिपुर नगरपालिकाका मेयर, उपमेयरसहितका जनप्रतिनिधिहरूले संयुक्त राजीनामा दिने भएका छन्।

बिहीबार दिउँसो २ बजे संयुक्त राजीनामा दिने तयारी भएको मेयर रमेश महर्जनले जानकारी दिए।

‘जनप्रतिनिधिमा दाबी गर्न राजीनामा दिनुपर्ने भनेको छ। त्यसैले भोलि दिने कुरा छ,’ उनले भने, ‘वडाध्यक्षहरू सबै, कार्यपालिका सदस्यहरू हुनुहुन्छ। थोरै जनप्रतिनिधि मात्रै बस्नुहुन्छ होला।’

उपमेयर सरस्वती खड्काले पनि राजीनामा दिने तयारी गरेकी छन्।

कोरोना महामारीको समयमा आफूले गर्न सोचेको कामहरू पूरा गर्न नसकिएको भन्दै फेरि उपमेयर मै दाबी गर्ने तयारी रहेको उनले बताइन्।

‘हाम्रो उम्मेदवारी दिने कन्फर्म त भइसकेको छैन। तर पनि हामीले राजीनामा दिन लागेका हौं,’ उनले भनिन्, ‘मैले उपमेयरमा दाबी गरेको छु। पहिले वर्ष सिक्दै गयो। फेरि दुई वर्ष कोभिडले खासै काम गर्न सकिएन। पाँच वर्षको एजेन्डालाई हामीले पूरा गर्न दोहोरिनु उपयुक्त लागेको भएर राजीनामा दिँदैछौं।’

कीर्तिपुर नगरपालिकामा मेयर, उपमेयर र सात वडा नेकपा एमालेले जितेको थियो। त्यस्तै, तीन वटा वडा नेपाली कांग्रेसले जितेको थियो। तर एक जना वडाध्यक्षको कार्यकाल नसकिँदै मृत्यु भएको थियो।

निर्वाचन आयोगले चैत २५ गते जारी गरेको निर्वाचन आचारसंहिता, २०७८ को परिच्छेद ९ को धारा ३६ मा फेरि उम्मेदवारी दिन राजीनामा दिनुपर्ने व्यवस्था छ।

यसअघि त्यस प्रावधानले स्थानीय तहमा जिम्मेवारविहीन हुने भन्दै सर्वोच्च अदालतमा रिट परेको हो।

हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले रिट दायर गरेका थिए।

तर सर्वोच्चले मंगलबार रिट खारेज गरेको थियो। रिट खारेज भएसँगै फेरि उम्मेदवारी दिन जनप्रतिनिधिले राजीनामा दिनुपर्ने भएको हो।

प्रकाशित मिति : २०७९, ७ बैशाख बुधबार ००:००  ९ : १६ बजे