काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाको मेयर उम्मेदवारमा नेपाली कांग्रेसका युवानेता दीपक रिसाल र कुमार लामा सिफारिसमा परेका छन ।
नगर कमिटीले नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ३ का सचिव रिसाललाई पहिलो नम्बरमा र नगर समितिका सभापति लामालाई दोस्रो नम्बरमा राखेर मेयरको उम्मेदवार सिफारिस गरेको हो ।
क्षेत्रीय समितिले उम्मेदवारबारे मागेको सुझावमा नगर कमिटीले रिसालको सामाजिक प्रभाव बढी भएको र विपद,महामारी होस या अन्य जुनसुकै बेला निस्वार्थ रुपमा सामाजिक सेवामा निरन्तर लागेको भन्दै मेयर उम्मेदवार बन्न योग्य भनेर सिफारिस गरेको छ । उनी युवा तथा खेलकुद क्षेत्रलाई अगाडी बढाउने र गोकर्णेश्वर नगरपालिकालाई समृद्ध बनाउने भिजनका साथ पहिलेदेखी समाजसेवामा लागीरहेका थिए ।
गोकर्णेश्वर नगरपालिकाको प्रमुख सल्लाहकारमा रहेर नागरिकको सेवालाई ५ वर्षसम्म नजिकबाट नियाल्ने मौका पाएका रिसालको टिकट पाएपछी जित्ने सम्भावना पनी उच्च देखीन्छ ।












