२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओखलढुंगामा एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु



ओखलढुंगा । ओखलढुंगाको लिखु गाउँपालिकामा बिरामी बोक्न गएको एम्बुलेन्स दुर्घटना हुदाँ चालकको मृत्यु भएको छ । बिहीबार बिहान गाउँपालिकाबाट बिरामी बोक्न वडा नम्बर-९ को पोकलीतर्फ जादै गरेको एम्बुलेन्स वडा नम्बर-६ को कात्तिकेभिरमा दुर्घटना हुँदा एम्बुलेन्स चालक लिखु गाउँपालिका ४ यसमका २३ वर्षीय सुदर्शन खत्रीको घटनास्थलमै मृत्यु भएको गाउँपालिकाले पुष्टी गरेको छ ।

गाउँपालिकाको प्रदेश नम्बर ३–०१–०० झ ५११५ नम्बरको एम्बुलेन्स सडकबाट करिब २ सय मिटर तल खोलामा खसेको गाउँपालिका अध्यक्ष गोबिन्द पौडेलले जानकारी दिए । वडा नम्बर आठ का वडा अध्यक्षले पोकलीबाट बिरामीलाई काठमाडौँ लैजान एम्बुलेन्स मगाएपछि चालक बिहानै एम्बुलेन्स लिएर पोकलीतर्फ लागेका थिए ।

दुर्घटनास्थल कात्तिके भिरमा घुम्ती रहेको र बाटो समेत साघुँरो भएको स्थानबाट एम्बुलेन्स दुर्घटनामा परेको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २०७७, ११ असार बिहीबार ००:००  ५ : २५ बजे