२०८२, २९ चैत्र आइतबार | Sun Apr 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमालेमय बन्दै टोक्सेल, विभिन्न पार्टीका ५० जनालाई यज्ञराजले एमालेमा भित्र्याए



ओखलढुंगा । नेपाली कांग्रेसको गढ मानिने ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ७ टोक्सेल एमालेभय बनेको छ । यसअघि आफुहरुले समर्थन गरेको पार्टी नेपाली कांग्रेसबाट गाउँको विकास नभएको भन्दै स्थानीयले एमाले रोजेका हुन् ।

शुक्रबार मानेभञ्ज्याङ गाउँपालिका ७ टोक्सेल सातसल्लेमा भएको एमालेको चुनावी सभामा स्थानीय रमेश खपाङ्गी, घनश्याम गौतम, हर्कबहादुर दर्जी, कृष्णबहादुर राणा, पेशल गौतम, प्रेमबहादुर नेपाली, हंशबहादुर माझी, काले विक, नरबहादुर विक, अर्जुन गौतम लगायतका ५० जना युवा एमालेमा प्रवेश गरेका छन् । पार्टी प्रवेश गर्नेहरुले मानेभञ्ज्याङमा एमालेको बलियो उपस्थिती देखाउने र चुनावी परिणाम एमालेका पक्षमा पार्ने उद्घोष गरेका छन् ।

विभिन्न पार्टी परित्याग गरि एमालेमा आएकालाई एमाले केन्द्रीय सदस्य यज्ञराज सुनुवारले पार्टी प्रवेश गराएका हुन् । नवप्रवेशीहरुलाई क्षमता अनुसार पार्टीले जिम्मेवारी दिएर राजनितिक व्यवस्थापन गर्ने नेता सुनुवारले बताएका छन् ।

विकासको अथाह सम्भावना भएर पनि पछि परेको टोक्सेलको विकासलाई उच्च प्राथमिकतामा राख्ने नेकपा एमालेबाट मानेभञ्ज्याङ गाउँपालिकाको अध्यक्षका प्रस्तावित उमेद्वार रुपलाल तामाङले बताए । यसपटक मानेभञ्ज्याङ गाउँपालिकामा एमालेले चुनाव जितेर सरकार बनाउने उनले दावी गरेका छन् । सबैलाई एकतावद्ध भएर एमालेलाई मतदान गर्न अपिल गरेका छन् ।

प्रकाशित मिति : २०७९, ९ बैशाख शुक्रबार ००:००  ११ : ५३ बजे