२०८२, ३ पुस बिहीबार | Thu Dec 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देउवाकै गृहजिल्लामा फुट्यो कांग्रेस, पक्षद्वारा एमालेसँग तालमेल



काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा कांग्रेस विभाजित भएको छ। 

कांग्रेस डडेल्धुराको सातौं जिल्ला अधिवेशन तथा १४औं महाधिवेशनदेखि बल्झिएको विवादले चुनावको मुखमा कांग्रेस विभाजित भएको हो। 

विभाजनसँगै स्थानीय तहको निर्वाचनका लागि कांग्रेस र नेपाली कांग्रेस (बिपी) ले डडेल्धुरामा छुट्टाछुट्टै उम्मेदवारी दर्ता गर्ने भएका छन्।

कांग्रेसको छैटौं जिल्ला अधिवेशनबाट निर्वाचित पार्टी सभापति तथा डडेल्धुरा जिल्लाको प्रदेश (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य कर्णबहादुर मल्ल पक्ष नेपाली कांग्रेस (बिपी) बाट स्थानीय तहमा उम्मेदवारी दिने तयारीमा जुटेको हो। 

देशभरि गठबन्धनमा रहेका दलहरूले डडेल्धुरा जिल्लामा मित्रवत प्रतिस्पर्धा गर्ने भनेर सहमति गरेपश्चात कांग्रेस फुटेर कांग्रेस (बिपी)बाट छुट्टै उमेदवार तय गरेपछि डडेल्धुरामा कांग्रेसलाई साख जोगाउन मुस्किल पर्ने देखिन्छ।

यसअघि नै डडेल्धुरामा २०७८ फागुन ४ गते नेपाली कांग्रेस बिपीको संगठन निर्माण भएको थियो। ​पहिलैदेखि रुष्ट बनेको पूर्व जिल्ला सभापति तथा प्रदेशसभा सदस्य कर्णबहादुर मल्ल समूहले एमालेसँग गठबन्धन गरेको हो।

आइतबार भएको दुईपक्षीय बैठकले जिल्लाका ७ ओटै स्थानीय तहमा चुनावी तालमेल गर्ने निर्णयसँगै भागबन्डा पनि गरेको छ। 

प्रकाशित मिति : २०७९, १२ बैशाख सोमबार ००:००  ११ : ११ बजे