२०८२, ३ पुस बिहीबार | Thu Dec 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गठबन्धन बैठक बालुवाटारमा जारी



काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धन कार्यदलको बैठक बालुवाटारमा बसिरहेको छ । बैठक बिहान ९ बजेदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको हो ।

गठबन्धन कार्यदलको बैठकमा विशेष गरी स्थानीय तहको निर्वाचनमा गठबन्धनभित्रै तालमेलको विषयमा छलफल हुने बताइएको छ । पछिल्लो समय गठबन्धन भित्रका दलहरुले पनि गठबन्धन बाहिरका दलहरूसँग तालमेल गरिरहेको भन्दै त्यसलाई गठबन्धन भित्र नै तालमेल गरेर अघि बढ्नुपर्नेमा बैठकले जोड दिने नेताहरुले बताएका छन् । आसन्न स्थानीय तहको निर्वाचन यही वैशाख ३० गते देशभर एकैदिन हुँदैछ । निर्वाचनका लागि आज उम्मेदवारी मनोनयन दर्ता हुँदैछ ।

प्रकाशित मिति : २०७९, १२ बैशाख सोमबार ००:००  ११ : २९ बजे