२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु



काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड( १९) संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । स्याङ्जा आँधीखोलाका एक जनाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा र ललितपुरको महालक्ष्मी– ५ घर भएका अर्का एक जनाको पाटन अपस्तालमा मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या २६ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पाटन अस्पतालमा चितवन स्थायी ठेगाना भई ललितपुरको महालक्ष्मीस्थान नगरपालिका बसोबास गर्ने ५० बर्षका पुरुषको निधन भएको हो । उनको बुधबार बिहान ५ बजे मृत्यु भएको हो । मृत्यु हुने ती पुरुषमा पाँच महिना अघि मिर्गौला प्रत्यारोपण गरिएको थियो । प्रत्यारोपण गरिएका उनको स्वास्थ्यमा समस्या आएपछि सुरुमा भक्तपुरस्थित मानवअंग प्रत्यारोपण केन्द्रमा लगिएको थियो । त्यसपछि उनलाई भेन्टिलेटरको सपोर्ट चाहिने भएपछि नर्भिक अस्पताल ल्याएको थियो । नर्भिक अस्पतालले आइसोलेसनमा राखी कोरोना जाँच गर्दा पोजेटिभ आएपछि पाटनमा रेफर गरिएको थियो । पाटनमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।

यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको अस्पतालमा आइसीयुमा भर्ना भएका स्याङजाका ५५ वर्षीय पुरुषको पनि मृत्यु भएको छ ।

प्रकाशित मिति : २०७७, ११ असार बिहीबार ००:००  ११ : ३१ बजे