काठमाडौं । उपत्यकामा पछिल्लो २४ घण्टामा थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ललितपुरको पाटन अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका दुई महिला, दुई पुरूष र ललितपुरका एक पुरूषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता डा. जागेश्वर गौतमले बताए ।
त्यस्तै त्रिभुवन विश्वविद्यालयको शिक्षण अस्पताल, महाराजगन्जमा गरिएको परीक्षणमा भक्तपुरका एक महिला र तीन पुरूषमा संक्रमण पुष्टि भएको हो । देशभर पछिल्लो २४ घन्टामा ४ सय ३४ जनामा संक्रमण पुष्टि भएको छ । नेपालमा हालसम्म कुल ११ हजार १ सय ६२ जना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ३ सय १२ जना डिस्चार्ज भएका छन् । योसहित नेपालमा हालसम्म २ हजार ६ सय ५० जना कोरोनामुक्त भई विभिन्न अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।