२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिद्धिचरण नगरपालिकाद्वारा विपन्न परिवारलाई राहत वितरण



ओखलढुङ्गा । ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकाले विपत्र बर्गका परिवारलाई राहत वितरण सुरु गरेको छ । नगरपालिकाले युएनएफपिए, ओरेक र जिल्ला आयुर्वेदको सहयोगमा प्रत्येक वडाका ४ घर परिवारलाई राहत वितरण सुरु गरेको नगरपालिकाकी उपमेयर इच्छा कुमारी गुरुङले जानकारी दिइन् ।

१, २, ४, ५ नम्बर वडाका संरक्षण विहीन ज्येष्ठ नागरिक, पूर्ण अपाङ्गता, अति विपत्र गर्भवती, पैँतालीस दिनभित्रका सुत्केरीका लागि राहत र स्वास्थ्य सामग्री तथा अति विपत्र खरको छाना भएकाहरूको लागि जस्तापाता तिन बन्डलको दरले वितरण सुरु गरिएको गुरुङले बताइन् ।

उनका अनुसार, १२ वटै वडाका संरक्षण विहीन ज्येष्ठ नागरिक र दीर्घ रोगी ज्येष्ठ नागरिक २९३, पूर्ण अपाङ्गता ८२, विपन्न गर्भवती ७९, विपत्र सुत्केरी २६, सुस्तमनस्थिति बालबालिका २५, गरिब घरपरिवार ४८, जस्तापाता ५५३ जनालाई वितरण गरिएको छ ।

प्रकाशित मिति : २०७७, ११ असार बिहीबार ००:००  ४ : २५ बजे