२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिहानै थपिए ५० जना कोरोना संक्रमित



काठमाडौं । नेपालमा आज थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आज सार्वजनिक गरेको विज्ञप्ति अनुसार, गण्डकी प्रदेश र कर्णाली प्रदेशमा थप २५,२५ जनामा कोरोना संक्रमण देखिएको हो ।

प्रदेश क्षयरोग केन्द्र पोखरा र भरतपुर अस्पताल, चितवनमा गरिएको परीक्षणमा गण्डकी प्रदेशको नवलपरासी सुस्ता पूर्वका २१ जना, तनहुँका २, बाग्लुङका १ र स्याङजाका १ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा.विनोद विन्दु शर्माले जानकारी दिए । २५ जना थपिएसँगै प्रदेशमा सङ्क्रमितको संख्या ७ सय ९२ पुगेको छ । सबै सङ्क्रमितहरुलाई आइसोलेशनमा लैजाने तयारी भैरहेको शर्माले बताए ।

यस्तै, कर्णाली प्रदेशमा दुई जना स्वास्थ्यकर्मीसहित थप २५ जनामा संक्रमण पुष्टि भएको छ । प्रतिष्ठानका सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीको पिसीआर परीक्षण गरिएकोमा २ स्वास्थ्यकर्मी, १ जना भर्ना भएका बिरामी तथा परीक्षणका लागि आएका अन्य २२ जनामा संक्रमण पुष्टि भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।

संक्रमित सबैलाई प्रतिष्ठानको आइसोलेसन वार्डमा राखिएको प्रतिष्ठानका निर्देशक डा मंगल रावलले जानकारी दिए । अहिले संक्रमितको कन्ट्याक्ट ट्रेसिङ भइरहेको जनाइएको छ ।

योसहित नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार २ सय १२ पुगेको छ । हाल सम्म २ हजार ६ सय ५० जना कोरोना संक्रमित उपचार पछि निको भएर घर फर्किएका छन् भने २६ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : २०७७, १२ असार शुक्रबार ००:००  २ : ३४ बजे