काठमाडौँ । सानैदेखि राजनीति यात्रामा समावेस भएका भरतमान गुरुङले कास्कीको अन्नपूर्ण गाउपालिका वडा नं.७ बाट अध्यक्ष पदमा उमेद्धवारी दिएका छन् । विद्यार्थी जिबनदेखी नै राजनीति यात्रामा लाग्दै आएका उनी २०६३ सालमा एमाले निकट अनेरास्ववियु प्रारम्भिक कमिटी सचीव भएका व्यक्ती हुन ।
२०६५ सालमा अनेरास्ववियु जिल्ला कमिटी सदस्य भएका उनी २०६६ सालमा अनेरास्ववियु कास्की क्षेत्र नम्बर-२ क्षेत्रीय कमिटी अध्यक्ष भएका थिए भने २०६७ मा जिल्ला कमिटी सचिवालय सदस्य र २०६८ मा जिल्ला कमिटी सचीव समेत भएका थिए ।
उनी २०७० सालमा राष्ट्रिय परिषद सदस्य , २०७१ मा गण्डकी अञ्चल कमिटी सचिव, २०७२ सालमा अनेरास्ववियु केन्द्रिय कमिटी सदस्य ,२०७६ सालमा अनेरास्ववियु सचिवालय सदस्य ,२०७८ सालमा स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेश सह इन्चार्ज साथै नेकपा एमाले कास्की जिल्ला कमिटी सदस्य र अन्नपूर्ण गाउँ पालिका इन्चार्ज समेत भएका व्यक्ती हुन् ।
२०६८ सालदेखि २०७४ सालसम्म अन्नपूर्ण- ७ लुम्ले देखि लाद्रुक सडक उपभोक्ता समिति सचीव समेत भएर काम गरेका उनले आफ्नो उमेद्धवारी वार्डलाई नेपालभरिकै उत्कृष्ट नमुना वार्डको रुपमा बिकास गर्नका लागि भएको बताएका छन्।
विद्यार्थी जिबनदेखी राजनीति र समाजसेवा सुरु गरेका भरतमान गुरुङको २०७९ बैसाख ३० को स्थानिय निर्वाचनमा जित्ने सम्भावना पनि उच्च देखीन्छ ।












