२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालमा एकैदिन ५९३ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं । नेपालमा शुक्रबार थप ५९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म ११ हजार ७५५जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अहिलेसम्म कोभिड १९ पुष्टि भएका व्यक्तिको संख्या ११ हजार ७५५ पुगेको जानकारी दिएका हुन् ।

डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा ४८ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २६९८ पुगेको छ । जसमध्ये महिला ८ र पुरुष ४० रहेका छन् ।

नेपालमा हालसम्म ७६ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ भने कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २६ पुगेको छ ।

प्रकाशित मिति : २०७७, १२ असार शुक्रबार ००:००  १० : ४७ बजे