२०८२, ३ पुस बिहीबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एक करोड ७७ लाख मतपत्र छापियो



काठमाडौं । निर्वाचन आयोगले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि हालसम्म १ करोड ७७ लाख ७५ हजार मतपत्र छपाइ कार्य सम्पन्न गरेको छ ।

आयोगका अनुसार ७२ जिल्लाका लागि एक करोड ७७ लाख ७५ हजार थान मतपत्र छाप्ने काम सम्पन्न भइसकेको र हालसम्म ३३ जिल्लाका लागि ५१ लाख ८१ हजार मतपत्र ढुवानी गरिएको छ ।

मनोनयन अपडेट गर्ने क्रम अझै जारी रहेको भन्दै देशभरबाट बिहीबार ३:३० बजेसम्म एक लाख ५३ हजार २ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ । जसमा प्रमुखमा ३ हजार ५१०, अध्यक्षमा ३ हजार ३८७, उपप्रमुखमा २ हजार १६८, उपाध्यक्षमा २ हजार ४०१, वडाअध्यक्ष ३५ हजार ३५३, महिला सदस्यमा २६ हजार ५३२, दलित महिला सदस्यमा २३ हजार ९३१ र सदस्यमा ५५ हजार ७२० जनाको मनोनयन दर्ता भएको छ ।

मतदान तथा निर्वाचनको काम गर्न २८ वैशाखदेखि ३० वैशाखसम्म मतदान स्थल र मतदान स्थल रहेका विद्यालय उपयोग गर्न तीन दिन विद्यालय बन्द हुने आयोगले जनाएको छ । तीन दिन ती विद्यालयमा वैकल्पिक विधिबाट अध्ययन गर्ने व्यवस्था मिलाउन आयोगले भनेको छ ।

साथै मतदान केन्द्रका रुपमा प्रयोग हुने भवन उपलब्ध गराउन निर्वाचन आयोगले सरकारलाई पत्राचार गर्ने निर्णय गरेको छ ।

मतदानका दिन सार्वजनिक विदा दिन मुख्यसचिव मार्फत नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय पनि भएको छ

प्रकाशित मिति : २०७९, १५ बैशाख बिहीबार ००:००  ५ : २७ बजे