२०८२, ३ पुस बिहीबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शुक्रबार साँझ उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिँदै




काठमाडौँ — निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि शुक्रबार अन्तिम नामावली प्रकाशन गर्ने भएको छ । निर्वाचन आयोगको तालिका अनुसार शुक्रबार साँझ ५ बजेसम्म उम्मेदवारी फिर्ता लिने समयावधि रहेको छ ।

उक्त अवधिपछि आयोगले अन्तिम नामावली प्रकाशन गर्ने तालिका रहेको छ । वैशाख ३० गते ७५३ स्थानीय तहमा नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुँदै छ । त्यसका लागि आयोगले वैशाख ११ र १२ गते मनोनयन दर्ता गराएको थियो । उक्त मनोनयन विरुद्ध दाबी विरोधको मिति वैशाख १४ गते सकिएको छ । शुक्रबार ५ बजेसम्म उम्मेदवारी फिर्ताको समय आयोगले दिएको छ ।

उम्मेदवारी फिर्ताको अवधि सकिएलगत्तै आयोगले उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गर्ने कार्यक्रम राखेको हो ।

आयोगका अनुसार एक लाख ५३ हजार १४५ जनाको उम्मेदवारी मनोनयन दर्ता भएको छ । तीमध्ये प्रमुख पदमा तीन हजार ५१८ जना, उपप्रमुखमा दुई हजार १७४, अध्यक्षमा तीन हजार ३९२ र उपाध्यक्षमा दुई हजार ४०७ जनाले उम्मेदवारी दिएका छन् ।

वडाध्यक्षमा भने ३५ हजार ३८० जना, महिला सदस्यमा २६ हजार ५५६, दलित महिला सदस्यमा २३ हजार ८५१ र सदस्यमा ५५ हजार ७६७ जनाको उम्मेदवारी परेको छ । यसैबीच नेपाली कांग्रेसले भने आफ्नो पार्टीका आधिकारीक उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी दिने उम्मेदवारलाई शुक्रबार साँझ ५ बजेभित्र फिर्ता लिन निर्देशन दिँदै यदी फिर्ता नलिए कारबाही गर्ने चेतावनी दिएको छ ।

प्रकाशित मिति : २०७९, १६ बैशाख शुक्रबार ००:००  ११ : ४७ बजे