२०८३, ३ असार बुधबार | Thu Jun 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यसकारण सूर्यविनायक नगरपालिका मेयरमा बासुदेव थापाको पुन उम्मेदवारी



भक्तपुर । सूर्यविनायक नगरपालिकामा मेयरका उम्मेदवार बासुदेव थापाले अधुरा योजना पूरा गर्दै समृद्ध नगर बनाउने एजेन्डा अगाडि सार्नु भएको छ । आफ्नो पाँच वर्षे कार्यकाल सफल रुपमा पूरा गर्दै आगामी कार्यकालको लागि पुनः मेयर पदमा उम्मेदवारी दिनु भएको थापाले सर्वप्रथम आफ्नो पहिलो प्राथमिकता अधूरा योजना पूरा गर्नमा केन्द्रित हुने बताउनु भएको हो ।

समग्रमा पाँच वर्षे कार्यकाल अत्यन्तै उपलब्धीमूलक रुपमा बिताउनु भएको थापाले नगरबासीको चाहाना र मागबमोजीम पुनः उम्मेदवारी दिएको बताउँदै आफूले पहिलो कार्यकालमा घोषणापत्रमा उल्लेख गरेभन्दा बढी काम गरेको बताउनु भयो ।

थापाले पाँच वर्षमा नगरलाई जग बसाउने काम गरेको बताउनु भयो । ुतत्कालीन अवस्थामा गाउँहरुलाई गाभेर बनाइएको नयाँ नगरपालिकामा विकास निर्माणको कार्य अगाडि बढाउन निकै चुनौती थियो । काठमाडौं उपत्यकामै भएर पनि भक्तपुरको दक्षिण क्षेत्र विकासमा निकै पछि परेको थियो । त्यहीमाथि नगरपालिकाको पूर्वी क्षेत्र त हरेक क्षेत्रमा पछि थियो । तर पाँच वर्षमा सूर्यविनायको पूर्वी क्षेत्र हरेक हिसावले अगाडि बढेको छ । पूर्वाधारदेखि विकास निर्माणका हरेक क्षेत्रमा फड्को मार्न सफल भएको छु, उहाँले भन्नु भयो ।

नगरमा विकासको फुहार फेरिएको बताउँदै थापाले यो अवधिमा विकास निर्माणका महत्वपूर्ण कार्यहरु भएको तर नगरको दिगो विकास तथा समृद्ध नगर बनाउने दिर्घकालीन योजनाहरु भने पूरा गर्न बाँकि रहेको बताउनु भयो ।

उहाँले भन्नु भयो, ुयो काम तत्कालै पूरा गर्न सकिने कुरा भएन । त्यसैले आगामी कार्यकालमा यी सबै योजनालाई पूरा गर्नका लागि मेरो उम्मेदवारी हो । ु

थापाको अबको पाँच वर्षमा प्रत्येक नगरबासीको घरघरमा खानेपानीको ब्यवस्थापन गर्ने, अधुरा भौतीक पूर्वाधार योजनाहरु पूरा गर्ने, मठ मन्दिर र हरियाली डाँडा काँडाहरुलाई पर्यटन पबद्र्धन गर्ने, आयमूलक, सीपमूलक र रोजगारीमूलक काम गर्ने, प्रत्येक बाटोहरु पिच गर्ने लगायत योजना छन ।

प्रकाशित मिति : २०७९, १६ बैशाख शुक्रबार ००:००  १२ : १२ बजे