नुवाकोट । नुवाकोट जिल्लाको बेल्कोटगढी नगरपालिका वडा नम्बर १ मा बसको छतबाट खसेर २१ बर्षिय शुसिका तामाङको मृत्यु भएको छ ।
बेल्कोटगढीबाट काठमाडौं आउदै गरेको बा २ ख ४९८१ नम्बरको बस च्याङ्ग्रेको भिरमा आइपुग्दा छ्तमा बसेकी शुसिका तामाङ अचानक खसेकी थिईन ।
दुर्घटना बिहान ९ः१५ बजे भएको हो बाटोको अबस्था निकै खराव रहेका कारण दुर्घटना भएको स्थानीय प्रहरी रन्जित केसिले जानकारी दिए ।











