२०८३, ५ जेष्ठ मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पुरानागाउँको मुहारफेर्ने भरत फेरि वडाअध्यक्षको उमेद्वार, भन्छन् ‘एकछापे भोट ल्याएर जित्छु’



मन्थली। रामेछापको मन्थली नगरपालिका ९ का वडाअध्यक्ष बुद्धिबहादुर पुलामी (भरत) फेरि दोस्रो कार्याकालका लागि वडाअध्यक्षको उमेद्वार बनेका छन् । नेपाली कांग्रेसबाट निर्वाचित पुलामीले ५ वर्षमा वडालाई भौतिक विकासमा उल्लेख्य प्रगति हुनेगरि काम गरेका थिए ।

२०७४ को स्थानीय निर्वाचनमा शानदार वियजी हाँसिल गरेको स्मरण गर्दै ५ वर्षमा आफुले गरेका कामको मुल्याङ्कन गर्दै वडाबासी मतदाताले एकछापे मत दिएर विजयी गराउने पुलामीले बताए ।

५ वर्षमा वडालाई समुन्नत र समृद्धिको लक्ष्यका आधारहरु खडा गरेको बताउँदै उनले अबको ५ वर्षमा थालिएका कामलाई पूणर्ता दिँदै थप रचनात्मक काम गर्ने बताएका छन् ।


चुनाव जितेपछि के के गर्ने भन्ने योजना तय गरेर चुनावी मैदानमा होम्मिएको पुलामीले बताए ।


सडक, भवन, शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, खानेपानी, सिंचाई लगायतका सबै क्षेत्रमा पुलामीले ५ वर्षमा उल्लेख्य काम गरेका छन् । आफुले गरेका जनपक्षीय काम नै आफ्नो यो चुनावको घोषणापत्र हुने उनले बताए । जनतालाई झुटा आश्वासन दिएर भन्दा गरेका काम र बाँकी रहेका योजनाका बारेमा जानकारी गराएर मत लिने उनको योजना छ ।

पूर्वाधार विकासका अलावा सामाजिक क्षेत्रको विकास, जागरण, स्वरोजगार र थानापती क्षेत्र सहितका पर्यटकीय स्थलहरुको पूर्वाधार विकास र प्रचारप्रसारमा पुलामीले विशेष योगदान गरेका छन् ।

रामेछाप जिल्लाको नमुना वडाका रुपमा मन्थली ९ लाई विकास गरेका पुलामीको दावी छ । उनको नेतृत्वमा भएका कामबाट स्थानीय पनि खुसी छन् ।

प्रकाशित मिति : २०७९, १६ बैशाख शुक्रबार ००:००  २ : ३५ बजे