२०८२, १७ चैत्र मंगलबार | Wed Apr 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चितवनमा टेम्पो पल्टिँदा चालकको मृत्यु



चितवन। चितवनको खैरहनी नगरपालिका–८ मगनी गाउँमा गएराती टेम्पो पल्टिँदा गम्भीर घाइते भएका चालकको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिकाको वडा नम्बर ९ बस्ने अन्दाजी ३५ बर्षीय लक्ष्मण बछाइ रहेका छन् ।

भरतपुर स्थित चितवन मेडिकल कलेजमा उपचारको क्रममा उनको राती ११ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय खैरहनी चितवनले जनाएको छ । टुंगराबाट पर्सा तर्फ आउदै गरेको बाग्मती प्रदेश ०३–०१ ह १६ २१ नम्बरको टेम्पो गएराती १० बजे अनियन्त्रित भई पल्टिएको थियो

प्रकाशित मिति : २०७९, १६ बैशाख शुक्रबार ००:००  ४ : ५७ बजे