२०८२, ३ पुस बिहीबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुक्तिराम भुषालको चुनावी ऐजेण्डा : बाढी प्रभावित बस्ती सार्नेदेखी सुकुमबासी बस्तीको राजस्व मिनाहासम्म



काठमाडौ । नवलपरासिको सुनवल नगरपालिका वडा नं.१० का उम्मेद्धार मुक्तिराम भुषालले आफ्नो चुनावी ऐजेण्डा सार्वजनिक गरेका छन् । वडामा एक चुनावी कार्यक्रमको आयोजना गरेर भुषालले चुनावी ऐजेण्डा सार्वजनिक गरेका हुन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी बाट वडा अध्यक्ष पदमा उम्मेद्धारी लिएका भुषालले आफु निर्वाचित भए वडा नं.१० मा नयाँ बन्ने सबै बाटाहरु सयौ वर्षसम्म मर्मत गर्न नपर्नेगरी निमार्ण गरीने वताए ।

उनले कृषी क्षेत्रको सुधारका लागी तुरिया खोलाबाट हस्नापुर,खखरीबारी र गैडाखालमा लिफ्ट सिचाईको योजना सञ्चालन गर्नेदेखी गैडाखाल प्रा.वी लाई मा.वि कक्षासम्म सञ्चालन गर्ने , वडामा रहेका अति विपन्न वर्गलाई रोजगारीको व्यबस्था गरिदिने, महिलालाई आत्मनिर्भर बनाउने तथा कृषी, पशुपंक्षी व्यवसाय गर्नेलाई सहयोग गरिदिने र सुकुम्बासी बस्ती गैडाखालमा बाकी रहेको राजस्व तिर्न पहलसमेत गरीने बताए ।

भुषालले वडाका पर्यटकीय क्षेत्रको पूर्वाधार विकास र प्रचारप्रसार गरेर वडालाई पर्यटकीय गन्तव्य बनाउने वताए । हरिहर ॐ कारेश्वर मन्दिरमा १०८ गौ मुख्य धारा निमार्ण गर्नेदेखी गंगा आरती गर्न तुरिया खोलासम्म जान सिडिको व्यबस्था मिलाउने उनले वताए ।

बषौदेखी बर्षाको बेला बाढिले दुःख दिएको भुजियाटोलको बस्तीलाई सुरक्षित ठाउँमा सार्नेसमेत उनको योजना रहेको छ ।

मुक्तिराम भुषालले सार्वजनिक गरेको २३ बुदे प्रतिबद्धता पत्र ।

प्रकाशित मिति : २०७९, २० बैशाख मंगलबार ००:००  ११ : २२ बजे