२०८२, २६ माघ आइतबार | Sun Feb 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुनौलो रंगको कछुवासहित युवक पक्राउ



काठमाडौं । प्रहरीले सुनौलो रंगको कछुवासहित एक जनालाई पक्राउ गरेका छन् ।

पक्राउ पर्नेमा काठमाडौं शंखरापुर साखु बस्ने कीर्तिपुर नगरपालिका-८ घर भएका २३ वर्षीय आशिष थापा घर्ती रहेका छन् ।

विशेष सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनलाई काठमाडौंको चाबहिलस्थित खोटाङ हलेसी गेष्ठ हाउसबाट प्रहरीले पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारबाहीको लागि जिल्ला वन कार्यालय हात्तिसार काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७९, २२ बैशाख बिहीबार ००:००  ६ : २१ बजे