२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालमा थप एक जना कोरोना संक्रमितको मृत्यु



काठमाडौं । नेपालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । चितवनको भरतपुर अस्पतालमा उपचाररत कैलाली गोदावरी नगरपालिका ७ का ५० वर्षीय पुरुषको आज बिहान मृत्यु भएको अस्पतालले जनाएको छ । मृतक पुरुषमा हिजो मात्रै कोरोना संक्रमण पुष्टी भएको थियो । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २८ पुगेको छ ।

ती पुरुषको हिजो दिउँसोदेखि स्वासप्रशवासमा समस्या देखिएर स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि आइसोलेसन वार्डबाट आईसीयूमा सारिएको थियो । असार १० गते चितवन मेडिकल कलेजमा भर्ना भएका उनलाई असार ११ गते राति ८ बजे भरतपुर अस्पताल रिफर गरिएको थियो ।

उनी फोक्सोको क्यान्सरका विरामी थिए । बीपी कोइराला क्यान्सर अस्पताल भरतपुरले भर्ना नलिएपछि उनी चितवन मेडिकल कलेज आएको जनाएको छ ।

यसअघि चितवनको भरतपुर महानगरपालिका–११ का कोरोना संक्रमितको पनि मृत्यु भएको थियो ।

प्रकाशित मिति : २०७७, १३ असार शनिबार ००:००  ७ : ४९ बजे