२०८२, २६ माघ आइतबार | Sun Feb 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अब सातामा सेयर बजार शुक्रबार पनि खुल्ने



काठमाडौं । आगामी जेठदेखि शुक्रबार पनि धितोपत्र बजार ९सेयर बजार० खुल्ने भएको छ । यसअघि सातामा पाँच दिन ९आइतबारदेखि बिहीबारसम्म० मात्र खुल्दै आएको बजार अब भने शुक्रबार पनि खुल्ने भएको हो ।
उसो त सरकारले आगामी जेठ १ गतेदेखि शनिबार र आइतबार, सातामा दुई दिन विदा दिने निर्णय गरेसँगै धितोपत्र बजार समेत प्रभावित हुने भएपछि धितोपत्र बोर्डले बजारलाई शुक्रबार पनि खुल्ला गर्न लागेको हो ।

शुक्रबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको पुँजी बजारसम्बन्धी ‘परिपक्व पुँजीबजार छलफल’ कार्यक्रममा बोल्दै धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले सेयर बजार पाँचै दिन खुल्ने गरि शुक्रबार पनि बजार खुल्ला राख्न नेप्सेलाई निर्देशन दिइसकेको जानकारी दिए ।

योसँगै अब आइतबारको सट्टा शुक्रबार सेयर बजार खुल्ने भएको छ । सरकारले पछिल्लो समय बढ्दो आयात, घट्दो रेमिट्यान्सका बीच निरन्तर बढ्दो व्यापार घाटाको चाप र विदेशी मुद्राको सञ्चितिलाई सन्तुलनमा राख्न भन्दै पेट्रोलियम पदार्थको खपत कम गर्न सातामा दुई दिन ९आइतबार र शनिबार० विदा दिने निर्णय गरेको छ । यसले सातामा पाँच दिन मात्र कारोबार हुने सेयर बजार अब के हुन्छ रु आम सरोकारवाला पक्ष, लगानीकर्ताहरुमा अन्योलता थियो ।

यसै अन्योलताका बीच धितोपत्र बोर्डले आइतबारको सट्टा शुक्रबार पनि बजार खोल्ने निर्णय गरेको हो ।

प्रकाशित मिति : २०७९, २३ बैशाख शुक्रबार ००:००  १२ : ५६ बजे