२०८२, ३ पुस बिहीबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेसका कुनै उम्मेदवार हार्दैनन् : महामन्त्री शर्मा



ओखलढुंगा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय निर्वाचनमा कांग्रेसले देशभर बहुमत ल्याउने बताए । ओखलढुंगाको लिखु गाउँपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै महामन्त्री शर्माले बैशाख ३० को निर्वाचनमा कांग्रेसका कुनै उम्मेदवार पराजित नहुने बताएका हुन् ।

देशरको जनलहर नेपाली कांगेसका पक्षमा रहेको दावी गर्दै महामन्त्री शर्माले पार्टी एकतावद्ध हुनु र गठबन्धन गरिनुले कांग्रेसका उम्मेदवार सबै विजयी हुने आधार प्रस्तुत गरेका छन् । ‘यो चुनावमा कांग्रेसका सबै उम्मेदवारले चुनाव जित्दैछन् । त्यसको आधार भनेको कमजोर ठाउँमा गठबन्धनका बल पुगेको छ । बलियो ठाउँमा कांग्रेस एकतावद्ध छ ।’ उनले भने, ‘बैंशाख ३० पछि एमाले भन्ने पार्टी अस्तित्वमा नहरन सक्छ । एक ठाउँ पनि उसले जित्ने अवस्था छैन ।’ २०७४ को निर्वाचनमा एमालेको चुनावी नतिजा निकाल्ने नेताहरु अहिले एमालेमा नरहेकाले एमाले देशकै कमजोर पार्टी बन्ने बताए ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले देख्न, सुन्न र महसुस गर्न नपाइने डाइनोसर जस्तो विकासको ऐजेण्डा बोकेको भन्दै महामन्त्री शर्माले देख्न र सुन्न नसकिने विकास कांग्रेसले गर्ने बताए ।

देशभरका ७५३ स्थानीय तहमध्ये ६३४ मा कांग्रेसले प्रमुख पदमा उम्मेदवार उठाएको उनले बताए । बाँकी ११९ ठाउँ गठबन्धनका अन्यदललाई दिएर देशभर कांग्रेसले उनीहरुको साथ लिएको बताए ।

तीनवटै तहका सरकार कांग्रेस नेतृत्वमा बन्ने शर्माको भनाई थियो ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरु रामहरि खतिवडा र प्रदीप सुनुवार लगायतले सम्बोधन गरेका थिए ।

जिल्ला विभिन्न स्थानीय तहको चुनावी सभालाई कांग्रेसका केन्द्रीय नेताहरुले हेलिकोप्टरबाट आएर सम्बोधन गरेका छन् ।

प्रकाशित मिति : २०७९, २३ बैशाख शुक्रबार ००:००  १ : १९ बजे