२०८२, २६ माघ आइतबार | Sun Feb 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चट्याङ लागेर ओखलढुंगा टारकेराबारीमा १ जनाको मृत्यु



ओखलढुंगा । ओखलढुंगाको टारकेराबारीमा चट्याङ लागेर एक जनाको ज्यान गएको छ ।

जिल्लाको लिखु गाउँपालिका ८ टारकेराबारीका देव बहादुर दर्जीको ज्यान गएको हो । बुधबार साँझ ६ बजे घरयसी कामका लागि बाहिर रहेका उनलाई बर्षातसँगै परेको चट्याङ लाग्दा गम्भीर घाइते भएका थिए ।

घाइते उनलाई तत्काल उद्धार गरि रामेछाप मन्थलीको तामाकोशी अस्पताल लगिएकोमा उपचारको क्रममा उनको राति १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक केशव अधिकारीले जानकारी दिए ।

घटनामा गम्भीर घाइते भएका अर्का स्थानीय मेघ बहादुर दर्जीको पनि पाटन अस्पतालमा उपचार भइहेको उनले बताए ।

घाइते दर्जीको छातीमा असर देखिएको र उपचारपछि अवस्था सुरधारात्मक रहेको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिएका छन् ।

जिल्लामा बर्षेनी चट्याङका कारण ठुलो जनधनको क्षति हुने गरेको छ । गत बर्ष पनि टारकेराबारीको भञ्ज्याङ भन्ने स्थानमा चट्याङ पर्दा गाउँपालिका अध्यक्ष गोविन्द बहादुर पौडेल र वडा अध्यक्ष विशालकुमार पौडेलको घरमा लाखौँको क्षति भएको थियो ।

चैत, बैशाख र जेठ महिनामा अति जोखिम हुने भएकाले चट्याङबाट बच्न चट्याङ परेको बेला घर भित्रै सुरक्षित बस्न र घर बाहिर भए पनि सुरक्षाका उपाय अपनाउन जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले आग्रह गरेको छ ।

प्रकाशित मिति : २०७९, २३ बैशाख शुक्रबार ००:००  १ : ३६ बजे