२०८२, १७ चैत्र मंगलबार | Tue Mar 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तरुणदल नेता टाइगर बोससहित कांग्रेसका दर्जनौं युवा एमालेमा प्रवेश, तेजेन्द्रलाई झड्का



ओखलढुंगा । ओखलढुंगामा नेपाली कांग्रेसका प्रभावशाली युवा नेताहरु एमालेमा प्रवेश गरेकाछन् । तरुणदल प्रदेश समितिका सदस्य सुरज राई (टाइगर बोस) को नेतृत्वमा दर्जनौं युवाहरु एमालेमा प्रवेश गरेका हुन् ।

शुक्रबार एमाले प्रदेश कमिटी सचिवालय सदस्य एवम् ओखलढुंगा निर्वाचन क्षेत्र (क) का इन्चार्ज अम्बिरबाबु गुरुङले पार्टीमा स्वागत गरेका छन् । प्रवेश गर्ने सबैजसो तरुणदलका पदाधिकारी युवाहरु सिद्धिचरण नगरपालिका भित्रैका हुन् ।

तरुणदलका नेताहरु एमाले प्रवेशले नेपाली कांग्रेसका नगरप्रमुखका उम्मेदवार तेजेन्द्र खनाललाई झड्का लागेको छ । खनालकै वडा सिद्धिचरण नगरपालिका वडानम्बर ३ का सुरज राई, राजमोहन राई, राजकुमार राई, डम्बर खत्री, छत्रबहादुर राई, कुमार राई, अर्जुन रोक्का, साजन थापा, सविन भुजेल, नैनबहादुर भुजेल, खड्गबहादुर कट्वाल, फणिन्द्र बस्नेतसहितका तरुणदलका नेता र जसपाका वडा कमिटी उपाध्यक्ष प्रकाश खत्रीसहितका नेताहरु एमालेमा प्रवेश गरेका हुन् ।

नेपाली कांग्रेसले जनभावना अनुरुप काम गर्न नसकेको र पार्टीमा व्यक्ति हावि भएका कारण कांग्रेस परित्याग गरेको तरुणदल छाडेर एमाले प्रवेश गर्ने युवा नेताहरुले बताए ।

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै एमाले नेता अम्बिरबाबु गुरुङले क्षमता अनुसार पार्टीमा नवप्रवेशीलाई जिम्मेवारी दिइने बताए ।

एमालेबाट नगरप्रमुख पदका उम्मेदवार इच्छाकुमारी गुरुङले नगरक्षेत्रका युवालाई रोजगारीको ग्यारेन्टी गर्ने बताइन् । सबै वडामा उद्यमशिलताका कार्यक्रम सञ्चालन गरेर युवा स्वरोजगारको अभियान नै सञ्चालन गर्ने उनको भनाई थियो ।

प्रकाशित मिति : २०७९, २३ बैशाख शुक्रबार ००:००  ४ : ४८ बजे