२०८२, ४ पुस शुक्रबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नुवाकोट बेल्कोटगढी १ का चार नयाँ अनुहारलाई चुनौती येस्तो छ जनप्रतिनिधिका चुनावी एजेन्डा




दिपक न्यौपाने
काठमाडौं ,

नुवाकोट ।नुवाकोट बेल्कोटगढी १ बाट चार दलमा चार जनाले वडा अध्यक्षमा उम्मेद्बारी पाएका छन् । आ(आफ्नो एजेन्डा बोकेर घर दैलोमा पुगिरहेका उनिहरु बिकासको लागि आफुहरु जनप्रतिनिधि भएको बताए । बेल्कोटगढी १ बाट नेपाली काङ्ग्रेसमा नवराज खतिवडाले उम्मेद्बारी पाएका छन् भने माओवादी बाट बद्री प्रसाद ढुंगानाले उम्मेद्बारी पाएका हुन।त्यस्तै नेकपा एमाले बाट सन्तबाहादुर लामा ले उम्मेद्बारी पाएका छन् भने राप्रपा बाट सन्तोष पुडासैनीले उम्मेद्बारी पाएका छन् । चुनाव नजिकिदै गर्दा चार जनप्रतिनिधिलाई कस्ले बाज मार्ला भन्ने चुनौती थपिएको छ।

चार दलका येस्तो छन् चुनावी एजेन्डा

१ नबराज खतिवडाका एजेन्डा
१ भस्ट्रचार रहित सामाज।
२ युवाहरूलाई रोजगारी दिलाउन प्रयत्न ।
३ नयाँ प्रबिधिमा काम स्थानीय उत्पादनलाई ब्राडिङ ।
४ आपसी भेलामा मात्रै काम हुने र काम पूरा भए नभएको अनुगमन गरिने ।
५ आफुले गरेको कामको अनुगमन गरि सामाजिक संजालको माध्यमबाट जानकारी गर्ने ।
६ आफुले पाउने भत्ता गरिब र दिन दुखिको सेवामा खर्च गर्ने।

२ बद्री ढुंगानाका एजेन्डा

१ पाँच बर्षमा १० किलोमिटर बाटो पिज गर्ने ।
२ आएको बजेट सहि ठाँउमा ब्यबथापन गर्ने ।
३ शिक्षा ,स्वास्थ ,र रोजगारको काम प्रभाबकारी रुपले अघि लाने ।
४ दलित ,एकल र बृद्धला प्रथामिकतामा राख्ने ।
छ जनताको हितमा रहेर सदैव काम गर्ने
६ आवश्यक ठाँउको मुल्यांकन गरि काम गरिएको सूचनाको माध्यम बाट सर्बजनिक गर्ने ।

३ शन्तबाहादुर लामाका एजेन्डा

१ कार्यलय समयमा वडा कार्यलयमा नै रहेर जनताको सेवा गर्ने ।
२ पाँच बर्ष भित्र भएका बाटलाई ग्राबेल गरि सबै ठाउँमा सहज रुपमा यातायात चल्न सक्ने बनाउने ।
३ वडामा एउटा एम्बुलेन्स तत्काल ल्याउन पहल गर्ने ।
४ बालबालिका क्षेत्रमा गहन भुमिका निर्वाह गर्ने ।
छ समय मिलेको भखत युवा भेला गरि आवश्यक परामर्श र बजेट ब्यवस्थापन गर्ने
६ वडाको आफ्नै पेज खोली भए गरेको कामको सूचना दिने।
७ बेल्कोटगढी १ लाई नमुना वडा बनाउने ।

४ सन्तोष पुडासैनीका एजेन्डा

१ भस्ट्रचार नगरी वडामा आएको बजेटको सहि सदुपयोग गर्ने ।
२ युवाको क्षेत्रमा शुद्धीकरण गरि रोजगारी नयाँ आयामको ब्यबथापन गर्ने
३ पाँच बर्षमा एक घर एक धारो को निर्माण गर्ने ।
४ वडामा युवा कमिटी निर्माण गरि युवालाई हरेक ठाँउमा प्रथामिकता।
५ वडामा भएका सडकलाई सधैं सुचारु हुने गरि निर्माण गर्ने।
६ जेहेन्दार विद्यार्थी ,जेहेन्दार किसान र जेहेन्दार श्रमिकको लागि पुरकारको ब्यबस्था गर्ने।

प्रकाशित मिति : २०७९, २५ बैशाख आइतबार ००:००  २ : ३८ बजे