२०८२, २६ माघ आइतबार | Sun Feb 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्थानिय निर्वाचनको लागि बझाङमा दुई हजार एक सय सुरक्षाकर्मि परिचालन



स्थानिय निर्वाचनको लागि बझाङमा दुई हजार एक सय सुरक्षाकर्मि परिचालन

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई निष्पक्ष वातावरणमा सम्पन्न गर्न बझाङ जिल्लाभरी दुई हजार एक सय सुरक्षाकर्मी परिचालन गरिने भएको छ । निर्वाचन अवधी भर हुनसक्ने सम्भावित गतिविधि नियन्त्रण गर्न जिल्लाका १२वटै स्थानिय तहमा सुरक्षा कर्मी खटिन लागेका हुन जिल्ला सुरक्षाका समितिको बैठकले निर्वाचन केन्द्रलाई अतिसंवेदनशील संवेदनसिल र सामान्य गरी तीन भागमा वर्गीकरण गरेर सुरक्षा व्यवस्था मिलाएको प्रमुख जिल्ला अधिकारी बावुराम अर्यालले बताए ।

उनले भने, ‘निर्वाचनलाई शान्तिपूर्ण भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा व्यवस्था कडा पारेको र निर्वाचन बिथोल्ने खालका गतिविधि भए तत्काल कारबाही गरीने र जिल्लाभर ११ सय म्यादी प्रहरी ७ सय नेपाल प्रहरी ३ सय ५० सशत्र प्रहरी र नेपाली सेना परिचालन हुने छन।’

जिल्लाभर १ सय ८३ मतदानस्थलमध्ये ४० वटालाई अतिसंवेदनशील, ५९ वटालाई संवेदनशील र अन्य मतदानस्थललाई सामान्यमा रुपमा राखेको प्रजिअ अर्याले जानकारी दिए । बझाङ जिल्लामा कुल मतदातको संख्या १ लाख २२ हजार १ सय ३७ रहेको जिल्ला निर्वाचन कार्यालय बझाङले जनाएको छ ।

प्रकाशित मिति : २०७९, २५ बैशाख आइतबार ००:००  ३ : ५६ बजे