ओखलढुंगा । ओखलढुंगाको सुनकोशी गाउँपालिकाको चुनावी माहोल रोचक छ । जिल्लाका ओखलढुंगाका ८ स्थानीय तह मध्ये सुनकोशी गाउँपालिकाको चुनावी प्रचारशैली अन्य स्थानीय तहको भन्दा निकै बढी छ ।
एमालेबाट सुनिल खड्का र कांग्रेसका कमल तामाङ अध्यक्षका उम्मेदवार छन् । उपाध्यक्षमा कांग्रेसबाट सुनिता अधिकारी र एमालेबाट तारा कार्की प्रतिस्पर्धामा छन् । सुनकोशीमा एमाले र कांग्रेसको आक्रामक प्रचारशैली देखिएको छ । दवै दलले शक्ति चुनावी प्रचारमा शक्ति प्रदर्शन गर्दै महौल प्रदर्शन गरिरहेका छन् ।
शनिबार एमालेले सुनकोशी ९ को कोषभञ्ज्याङमा चुनावी सभा आयोजना गरेको थियो । नेकपा एमाले पोलिटब्युरो सदस्य बालकृष्ण ढुंगेल लगायतका केन्द्रिय नेताको उपस्थितीमा भएको कार्यक्रमा सयौँ नेता कार्यकताको सहभागिता थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेता ढुंगेलले जिल्लाको जनमत एमालेको पक्षमा रहेको दाबी गर्दैै सुनकोशीमा पनि एमालेको सरकार बन्ने निश्चित रहेको बताए ।
गाउँपालिका अध्यक्षका उम्मेद्धार खड्काले पनि पालिकामा आफुले नेतत्व गर्न पाएमा नयाँ किसिमका जनमुखी कार्यक्रम ल्याउने योजना रहेका बताएका थिए। कार्यक्रमलाई सम्धोधन गर्ने अधिकांस नेताहरुले जिल्लामा एमालेको जित सुनिश्चित रहेको बताएको एमाले जिल्ला कमिटी सदस्य तथा सुनकोशी ९ का वडा अध्यक्ष झनक कुमार कार्कीले जानकारी दिएका छन् ।
साँस्कृतिक कार्यक्रम सहित चुनावी प्रचार कार्यक्रम गरेको एमालेले सुनकोशीमा उत्साहजनक माहौल रहेको र एमालेले जित हासिल गर्ने दाबी गरेको छ ।
कांग्रेसले पनि सुनकोशीमा बृहत रुपले चुनावी सभा गरेको छ । दजनौँ कांग्रेस नेता, सयौँ कार्यकता र स्थानीयको सहभागितामा च्यानममा कांग्रेसले चुनावी सभा गरेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्ने कांग्रेस नेताहरुले अधिल्लो निर्वाचनमा पनि कांग्रेसले सुनकोशीमा विजय हासिल गरेको र यो पटक पनि बहुमत सहित चुनाव जित्ने दाबी प्रस्तुत गरेका छन् ।
दुवै दलले सुनकोशीमा घरदैलो अभियान र चुनावी सभामा शक्ति प्रदर्शन गरिरहेका छन् ।












